गीत - 'भेटिन्छ्न अनेक मित्रहरु'

१८ आश्विन २०७४

banner

बिष्णु सिंह (बैजु)
 
मित्रताको अर्थ नबुझेका
भेटिन्छ्न अनेक मित्रहरु
लामो जिवनको यात्रामा।
 
तर ति हुन सिर्फ्,
अपरिचित मानिस झै,
भेट्टिने पर्व जात्रामा ।
 
अंकुशमा जकडिएको
बलियो जहाँजलाई,
बगाउन खोज्छ
समुन्द्री छालले ।
बलियो पार्न मित्रता,
कस्नु पर्छ सदभावले ।
 
नदेखिने बैरि
घुम्छ्न वरिपरी ।
चुँडाल्न खोज्छ्न ति,
अरुको मित्रताको डोरि ।
 
फुलले भरिएको बगैचाको
सकिदैन अस्तित्व
एक थुँगा फुले झर्नाले ।
 
कोहि कसैको
मित्र हुँदैन्
अन्यासै एक किल्क
फेसबूक लाईक गर्नाले ।
 
मित्रताको अठोट नबोकेका
भेटिन्छ्न अनेक मित्र
आउछ्न जान्छ्न् ति,
बस्दैनन कोही मन भित्र ।
 
पानीका फोका होईनन्
सच्चा स्नेह र मित्रता ।
छ्णभरमै फुटी जाने
हावाको नरम झोकाले । 
 
मित्रताको अर्थ नबुझेका
भेटिन्छ्न अनेक मित्रहरु
लामो जिवनको यात्रामा। ।

Leave a reply

HTML Tags are not supported

Post My Comment »