अर्घाखाँचीबाट संन्धीखर्कका लागि छुटेको बस सापडाँडामा दुर्घटना

२० आश्विन २०७४

banner

समाचार प्रतिनिधि तस्वीर

अर्घाखाँची । अर्घाखाँचीको खनदहको सापडाँडा भन्ने स्थानमा बस दुर्घटना हुँदा २ जनाको घटनास्थलमै ज्यान गएको छ भने अन्य ३० जना घाइते भएका छन्। 

अर्घाखाँचीको डाडाँकटेरीबाट संन्धीखर्कका लागि छुटेको लु १ ख ७७७८ नम्बरको बस खनदहको सापडाँडामा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ। 

प्रहरीका अनुसार दुर्घटनाको जानकारी पाएलगत्तै घटनास्थल पुगेको प्रहरी टोलीले उद्धार कार्य गरीरहेको छ। ज्यान गुमाउनेको सनाखत हुन सकेको छैन्।  घाईतेहरुलाई उपचारको लागि जिल्ला अस्पताल अर्घाखाँची उठाइएको प्रहरीको भनाइ छ।  घटनाको विस्तृत विवरण आउन बाँकी छ। 

Leave a reply

HTML Tags are not supported

Post My Comment »