बलात्कारको दर्दनाक घटना: १ भाइले बलात्कार गरे, ६ भाइले भिडियो बनाए

२० आश्विन २०७४

banner

एजेन्सी । १७ वर्षीया एक किशोरीको दर्दनाक घटना सार्वजनिक भएको छ। अपहरण गरेर यौन दुव्र्यवहार गरेको आरोपमा ७ भाइ पक्राउ परेका छन्। 

७ भाइले ती १७ वर्षीया किशोरीको अपहरण गरेर गरेका थिए। अपहरणमा परेकी ती युवतीलाई एक भाइले बलात्कार गरेर अन्य ६ भाइले त्यसको भिडियो बनाएका थिए। उक्त भिडियो आरोपीले सामाजिक सञ्जालमा समेत भाइरल बनाएको भारतीय सञ्चारमाध्यमले लेखेका छन्। 

मजदुरी गरेर जीवनयापन गर्दै आएका युवतीका बाबुले प्रहरीमा ७ भाइ विरुद्ध उजुरी दर्ता गरेका छन्। प्रहरीले अहिलेसम्म आरोपीलाई पक्रा उगर्न सकेको छैन्।   

प्रहरीलाई उजुरी दिएको पाँच दिनसम्म पनि मेडिकल जाँन हुन नसकेको पीडित युवतीलाई उदृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाएका छन्। 

Leave a reply

HTML Tags are not supported

Post My Comment »