फेसबुकमा झुटो समाचारले हैरान हुनुभएको छ ? यसरी चिनिन्छन् ‘फेक न्यूज’

२० आश्विन २०७४

banner

एजेन्सी। सामाजिक संजाल फेसबुकको लोप्रियतासँगै यसको चरम दुरुपयोग पनि भएको छ । फेसबुकमा पछिल्लो समय झुटो समाचारले हैरान हुनेहरु बढेका छन् । फेक न्यूज पोस्ट गरेर त्यसलाई भाइरल गराउनेहरुका कारण यसको विश्वसनीयता कम हुँदै गएको छ । 
प्रयोगकर्ताहरु फेसबुकमा फेक न्यूजका कारण भ्रममा नपरुन् भनी फेसबुकले नयाँ बटन ल्याउने तयारी गरिरहेको छ । अहिले यसको परीक्षण हुँदैछ । अब प्रयोगकर्ताले फेसबुक चलाउँदै गर्दा फेसबुकबाट बाहिर नगइ कुनै पनि समाचारको वास्तविक स्रोतसम्म पुग्न सक्नेछन् । यस्तो बटल छिटै फेसबुकमा उपलब्ध हुनेछ । फेसबुकका प्रोडक्ट म्यानेर एन्ड्रयु एंकर, सारा सु र जेफ स्मिथको ब्लग पोस्टमा यसको जानकारी दिइएको छ । अब यो बटनबाट समाचार पब्लिसरको पूरै प्रोफाइल प्रयोगकर्ताले तत्कालै हेर्न पाउनेछन् । जसका कारण स्रोत विश्वसनीय हो वा होइन भन्ने जानकारी प्राप्त हुनेछ ।
 

Leave a reply

HTML Tags are not supported

Post My Comment »