चाडबाडको बेला यातायात व्यवसायीको दोब्बर कमाउने धन्दा, यात्रुलाई सास्ती

२२ आश्विन २०७४

banner

भरत पौड्याल । गुल्मी जिल्ला मालिका गाउँपालिका वडा नम्वर  ८ मा स्थित सीमालटारी जुन वर्तमान समयमा तीव्र शहरीकरण तिर उन्मुख क्षेत्रका साथ साथै शैक्षिक केन्द्र भनेर चिनिएको छ । तथापि, दशै तिहारको मौका हेरी सर्वसाधारण जनता सँग धोखाधडी भइरहेको सर्वविदित छ । पश्चिम नेपाल बस व्यवसायी संघका कर्मचारीले दोब्बर कमाउने हेतुले यात्रुको जीवन सुरक्षा र यातायात नियमको धज्जि उडाएका छन् । बसको क्षमता भन्दा दोब्बर टिकट काटिएको, एउटा सिट नम्बर दुई जना लाई वितरण जस्ता  गैरजिम्मेवार र गैरकानुनी गोरखधन्दाको ज्वलन्त उदाहरण देखियो ।

असोज, १६ ,२०७४ , को बिहान ठिक ८ बजे सिमालटारीबाट बुटवलका लागि छुटेको बस  लु १ ख ७०३७ का सम्पूर्ण सिटहरु एउटा सिट बराबर दुई जना लाई टिकट काटिएको थियो । सुरुमा यात्रुहरुले यो मुद्दालाई उठाउदा बसका मालिकले अगाडि बाटोमा मिलाउछु भनेर आश्वासन दिए तर बसले सिमलटारी छोडेपछी समस्यालाई नजरअन्दाज गरे । प्रायः जसो टिकट ३, ४ दिन पहिला नै लिइएका थिए । बस कर्मचारीको आफ्नै गुनासो सिमलटारी टिकट काउन्टरबाट नै डबल टिकट काटीदिएपछि हामीले के गर्ने ? यही सिटको लागि तानतान साथै यात्रु र बस कर्मचारी बीचको भनाभन संगै बस आफ्नो गन्तव्यको लागि त्यहा बाट दोब्बर यात्री लिएर जसोतसो अगाडि बढिरहयो। तम्घास भन्दा केहि किलोमिटर अगाडि ट्राफिक प्रहरीद्वारा बसलाई रोकियो र क्षमता भन्दा धेरै सवारी बोकेकोमा जुर्माना लगाए, उक्त जुर्मना भरे पछि बसलाई दोब्बर सवारी बोक्ने लाईसेन्स मिले जस्तै बस तम्घास पुग्यो । तम्घास बसपार्क स्थित पश्चिम नेपाल बस व्यवसायी संघको कार्यलयमा सवारीले टिकट डबल भएको उजुरी गरे तर कर्मचारीले बस चालकलाई समातेर यहाँ ल्याउनुहोस भन्ने हास्यापद जबाब दिनुभयो । यात्रुहरुको समस्या जस्ताको तस्तै ।

पुनः बस तम्घासदेखि अर्खाखाचीको बलकोट, रिडी हुदै साँझ ७ बजे बल्लतल्ल बुटवल पुग्न सफल भयो । सम्पूर्ण यात्रीहरुलाई आफू ठगिएको महसुस हुँदा हुँदै पनि मुकदर्शक हुनुको विकल्प थिएन किनभने प्रहरी प्रशासन र बस व्यावसायि संघको चरम लापरबाहीको जलन्त उदाहरण देखियो । यो मौसमी समस्या का पीडितहरु मध्यका एकजना भरत पौडेलले ओम बहादुर मगर द्वारा काटिएको टिकट पनि डबल टिकटमा परेकोले वहाले मालिका गाउँपालिका वडा नम्वर ८ कि नवनिर्वाचित वडा सदस्य पार्वता पौडेल लाई उक्त घटनाको सम्पूर्ण जानकारी गराउनु भएको छ । यो समस्यालाई गम्भीर रुपमा लिएर कारबाही अगाडि बढाउनका लागि वहाले वडा अध्यक श्री टिका जीसी लाई अनुरोध गरिएको बताइन  । ५ दिन हुदा पनि कुनै कारवाई नभएको जानकारी आएको छ ।  तर वर्तमान समयमा नेताहरुले जनताको समस्याको समधान होइन पार्टी कसरि मजबुती दिने बारेमा मिटिंग गरि रहेका छन् । अहिले सम्म यो घटनामा सम्मलित कुनै पनि कर्मचारी माथि कारवाई भएको पनि जानकारी छैन  ।

नजिकै आएको अर्को महान पर्व तिहारमा यात्रीहरु लाई यस्ता समस्या आउन नदिनकोका लागि वडा अध्यक्ष टिका जिसि सहित मालिका गाउँपालिका वडा नम्वर ८ का सम्पुर्ण सदस्यहरुको मास्टर प्लान के हुने छ भन्ने विषय चासोको विषय भएको छ ।

Leave a reply

HTML Tags are not supported

Post My Comment »