दशैं-तिहार शुभकामना कार्यक्रम सम्पन्न 

२३ आश्विन २०७४

banner

नातिबाबु भट्ट, कोलोराडो, अमेरीका। हिन्दुहरुको महान चाड बिजया दशमी तथा शुभ दिपावलीको अवसरमा कोलोराडो निवासी नेपालीहरुले सनिबार एक संस्कृतीक कार्यक्रम आयोजना गरी बिभिन्न कलाकारहरु संगै शुभकामना आदान प्रदान गरेका छन्।

नेपालीहरुको साझा संस्था रकी माउन्टेण्ड फ्रेन्डस अफ नेपालको आयोजनामा नर्थग्लीनमा सम्पन्न कार्यक्रममा हेमन्त शर्मा, रिमा गुरुङ, कृष्णमुरारी ढुङ्गेल, उमेशसिंह खड्का, सुधिर राई जस्ता गायक तथा स्थानीय बाल कलाकारहरुका माझ बिभिन्न सांस्कृतीक कार्यक्रम गर्दै माहान चाड मनाएका हुन्।

स्थानीय मेयर जोयस डाउन्नीङद्धारा पानसमा बत्तीबालेर उद्धाटन गरिएको कार्यक्रममा कोलोराडोमा सकृय संघ संस्थाका प्रतिनीधी, गन्यमान्य, व्यावसायी, बुद्धीजिवी, कलाकार, साहित्यकार, पत्रकार, नेपाल र नेपाली प्रति सद्भाव राख्ने स्थानीय अमेरीकीहरु तथा सर्बसाधारणको बाक्लो उपस्थिती रहेको थियो।

मातृभुमी नेपाल र कर्मभुमी अमेरीकाको  राष्ट्रियगान गाएर सुरु गरिएको  कार्यक्रमा अध्यक्ष बिनोद त्रीपाठीले सहभागी सबैलाई स्वागतका थिए। उनले हिन्दु नेपालीहरुको महानचाडको उपलक्षमा   सबैलाई शुभकामना दिदैं अमेरीकामा जन्मे हुर्केका नेपाली बालबालिका तथा यहांका स्थानीय बासिन्दाहरुलाई नेपाल र नेपालीको संस्कृती पहिचाहन गराउन कार्यक्रम आयोजना गरिएको बताएका थिए।

कार्यक्रममा धेरै नेपालीहरुलाई ड्राइभिङ सिकाउने गुरु जेरीलाई नेपाली समुदायलाई सहयोग पु¥याएको भन्दै अध्यक्ष बिनोद त्रीपाठीले खादा पहि-याई सम्मान पत्र प्रदान गरि सम्मान गरेका थिए। त्यसै गरि गायक हेमन्त शर्मालाई पनि कोलोराडो बासीको तर्फबाट मायाको चिनो प्रदान गरिएको थियो।

साझ साडे ६ बजे सुरु भई ९ बजे सम्म संचालन भएको कार्यक्रममा गायक हेमन्त शर्माले आधा दर्जन भन्दा बढि चर्चित गितहरु गाएर श्रोता तथा दर्शकहरुको मन जित्न सफल भएका थिए। त्यसैगरी कृष्णमुरारी ढुङ्गेले आफैद्धारा रचित प्यारोडी संगै कुशल नृत्य प्रस्तुत गरेका थिए। त्यस्तै साहित्यकार ज्ञानेन्द्र गदालले दशैं तिहार सम्बन्धि कविता, गायीका तथा गायकहरु रिमा गुरुङ, उमेशसिंह खड्का, सुधिर राईले गीत र स्थानिय कलाकार भाई बहिनीहरुले बिभिन्न राष्ट्रिय, लोक तथा आधुनिक गीतमा कुशल नृत्य प्रस्तुत गरेका थिए। 

कार्यक्रमको अन्यमा अध्यक्ष त्रीपाठीले दशैंको प्रसाद स्वरुप सहभागी तथा कलाकारहरुलाई रातो अक्षता लगाई दिएका थिए। दोश्रो ठुलो चहाड तिहारको झल्को दिने देउसी कार्यक्रम गर्दै सकिएको कार्यक्रममा श्रीराम लुईटेलले परंपरागत रुपमा देउसी भट्याएका थिए। सहभागीहरुलाई खसीको मासु सेलरोटी सहितको स्वदिस्ट भोजन उपलब्ध थियो। 

कोलोराडोमा सकृय नेपालीहरुको अर्को साझा संस्था नेपाली घरले कार्यक्रममा उपस्थित सहभागीहरुबाट नेपाल र नेपालीको संस्कृती तथा पहिचाहन झल्कले सामुदायिक भवन “नेपाली घ”  आवस्यक छ छैन, छ भने कस्तो हुनु पर्छ भन्ने सुझाव  प्रवेसद्धारमा बसेर कार्यक्रम अवधिभर संकलन गरेका थियो।  
 
 

Leave a reply

HTML Tags are not supported

Post My Comment »