सामसङको अर्को मोडलको फोनको पनि ब्याट्री पड्कियो, आइफोन ८ मा पनि यस्तो समस्या

२३ आश्विन २०७४

banner

एजेन्सी। सामसङले ब्याट्री पड्किएपछि ग्यालेक्सी नोट ७ बन्द गरेको केही समयपछि नै अर्को मोडलको फोनको पनि ब्याट्री पड्किएको छ । सामसङले ब्याट्री पड्किएपछि फोन बनाउँदा प्राविधिक गडबडी भएको भन्दै ग्यालेक्सी नोट सेभेन बन्द गरेको थियो । अहिले पड्किएको फोन सामसङ ग्यालेक्सी डुअस हो । यो २०१३ मा लञ्च भएको थियो । 
यो घटना इन्डोनेशियामा भएको बताइएको छ । ३० सेप्टेम्बरका दिन यसरी फोन पड्किएको भिडियो सार्वजनिक भएको छ । मिडिया रिपोर्ट आएपछि सामसङले यस विषयमा आफ्नो आधिकारिक धारणा सार्वजनिक गरेको छ । विज्ञप्तिमा कम्पनीले भनेको छ ‘प्रयोगकर्ताले थर्ड पार्टी (अर्कै कम्पनीको) चार्जर प्रयोग गरेका कारण फोन पड्किएको हो । कम्पनीहरुले आफ्नै कम्पनीका सामान प्रयोग गर्न भनिरहेका बेला यसरी अन्य कम्पनीको सामान प्रयोग गरिएमा कम्पनीले आफू जिम्मेवारीबाट जोगिन यस्तै जवाफ दिने गरेका छन् ।
अर्कोतर्फ एप्पलको आइफोनमा पनि समस्या देखिएको बताइएको छ । आइफोन ८ प्लसमा ब्याट्री फुलिने र यसका कारण मोवाइलका पार्टहरु खुल्ने समस्या देखिएको समाचार आएका छन् । यस्तो समस्या जापान, ताइवान र चीनमा देखिएको बताइएको छ । एप्पलले यस विषयमा आफूले जाँच गरिरहेको जनाएको छ । ब्याट्रीका कारण फोन फुटेको समस्या भने कम्पनीले स्वीकारेको छ ।
 

Leave a reply

HTML Tags are not supported

Post My Comment »