आश्चर्यजनक छ यो महलको बेडरुमको इतिहास, करोडौंमा बिक्री हुन लागेपछि चर्चामा

२४ आश्विन २०७४

banner

एजेन्सी। इङल्याण्डको सोमरसेटमा बिक्री हुन लागेको यो पुरानो महल अहिले निकै चर्चामा छ । एक व्यवसायी परिवारले यो महललाई ७ लाख ९५ हजार पाउण्ड (करिब ११ करोड नेपाली रुपैयाँ)मा बेच्ने प्रस्ताव गरेका छन् । प्रस्तावपछि मानिसहरु यो महल हेर्न गए । हेर्न गएकाहरु यसको आश्चर्यजनक इतिहास थाहा पाएर चकित परेका छन् । 
एक समयमा यो महलमा एउटा अदालत र एउटा जेल थियो । यसको माथि अदालत र तल बेसमेन्टमा जेल थियो । यसलाई किन्ने सोचाइ बनाएका मानिसहरुले जब यसलाई भित्र गएर हेरे त्यसपछि उनीहरु चकित परे । ७ बेडरुम, एउटा सुविधासम्पन्न हल (जो पहिले अदालत थियो) र संसारका सबै सुविधाहरु यो महलमा उपलब्ध थिए । यो महल केही गरेर पनि कुनै बेला अदालत र जेल भएको जस्तो लाग्दैनथ्यो । जब हेर्न गएकाहरुले यसको बेसमेन्ट हेरे त्यहाँ पनि निकै आश्चर्यजनक परिवर्तन गरिएको थियो । जुन जेलका कोठाहरुमा पहिले बन्दीहरुलाई राखिन्थ्यो तिनीहरुलाई सुधार गरेर सुविधासम्पन्न बेडरुम बनाइएको थियो । 
 

Leave a reply

HTML Tags are not supported

Post My Comment »