त्रियुगा डिस्ट्रलरीका सुरक्षागार्डमाथि गोली प्रहार

२४ आश्विन २०७४

banner

लहान। अज्ञात समूहले आज साँझ सप्तरीको सुरुगा नगरपालिकास्थित त्रियुगा डिस्ट्रलरीका सुरक्षागार्ड माथि गोली प्रहार गरेको छ। 

साँझ ७ बजेतिर आएको समूहले डिस्ट्रलरीको गेटमा बसिरहेका सुरक्षागार्ड मोरङको सुन्दर हरैचा नगरपालिका–६ निवासी २५ वर्षीय नवराज कोइरालामाथि गोली प्रहार गरेका हुन्। 

गोली लागेर घाइते भएका सुरक्षागार्ड कोइरालालाई उपचारको लागि लहानस्थित सप्तऋषि नर्सिङहोम पठाइएको इप्रका कडरबोनाका प्रहरी निरीक्षक देवेन्द्र दासले जानकारी दिए।

घटनामा संलग्नहरुको खोजी तीव्र बनाइएको र घटनाबारे अनुसन्धान भइरहेको उनले बताए।

Leave a reply

HTML Tags are not supported

Post My Comment »