अर्जेन्टिना विश्वकपमा पुर्याउन मेस्सीले गरे ह्याट्रिक

२५ आश्विन २०७४

banner

एजेन्सी। अन्तिम समयसम्मको ढुकढुकीपछि अर्जेन्टिनाले अन्ततः रुसमा अर्को वर्ष हुने विश्वकप फुटबलमा स्थान सुरक्षित गरेको छ।  अर्जेन्टिनाले छनोटको अन्तिम खेलमा इक्वेडरलाई ३–१ ले पराजित गर्दै विश्वकपमा स्थान पक्का गरेको हो। 

अर्जेन्टिनाका लागि लिओनल मेस्सीले ह्याट्रिक गरे। मेस्सीको यो करियरको ४४ औं ह्याट्रिक हाे।  यो समूहबाट अर्जेन्टिनासँगै ब्राजिल, उरुग्वे र कोलम्बिया पनि विश्वकपमा पुगेका छन्। पेरुले प्लेअफ खेल्न पाउने भएको छ भने चिली, पाराग्वे, इक्वेडर, भेनेजुएला र बोलिभिया बाहिरिएका छन्। 

छनोटका अन्तिम खेलमा ब्राजिलले चिलीलाई ३–० ले हरायो। नेइमारले पहेंलो कार्ड खाएको खेलमा गाब्रिअल जिससले २ तथा पाउलिन्होले १ गोल गरे।  अन्य खेलमा भेनेजुएलाले पाराग्वेलाई १–० ले, उरुग्वेले बोलिभियालाई ४–२ ले हरायो। पेरुले कोलम्बियासंग १–१ को बराबरी खेल्यो।

Leave a reply

HTML Tags are not supported

Post My Comment »