सरकार ! गिज्याइरहेको छ, सिंहदरबारले (फोटोफिचर)

२५ आश्विन २०७४

banner

आर्यान धिमाल 
काठमाडौं। शक्तिशाली भूकम्प गएको झण्डै साँढे दुई वर्ष हुन लागेको छ। सरकारले भूकम्पपछिको पनुनिर्माणकालागि भन्दै भूकम्प पुननिर्माण प्राधिकरण पनि गठन गरेको छ। तर, पनुनिर्माणले गति लिन सकेको छैन। अहिले पनि भूकम्प पीडितहरु कतिपय ठाउँमा पालमा नै बसिरहेका छन्। 

दूरदराजको त कुरै छाडौं, मुलुकको प्रमुख प्रशासनिक केन्द्रको मुख्य भवन नै अहिलेसम्म बन्न सकेको छैन। भूकम्प पुननिर्माणको कार्यलयसँगै रहेको सिंहदरबारको मुख्य भवनलाई प्लाष्टिकले छोपेर राखिएको छ। 

राणाकालीन दरबार सिंहदरबारको यो मुख्य भवनलाई  नभत्काइकन ‘रेक्टोफिटिङ’ गर्ने निर्णयसँगै रेक्टोफिटिङको तयारी भइरहेको छ। सरकार परिवर्तनसँगै हुने प्राधिकरण प्रमुख परिवर्तनले पुननिर्माणको काम प्रभावित भएको छ। 

प्रधानमन्त्रीको कार्यालय, रक्षा मन्त्रालय, राष्ट्रिय योजना आयोगको कार्यालय रहेको यो भवन भूकम्पले क्षतिग्रस्त भएको थियो। 

मुलुकको दैनिक प्रशासन संचालन हुने सिंहदरबारको यो नै यो हालत छ भने अन्य ठाउँको अवस्था कस्तो होला हामी अनुमान गर्न सक्छौं।

Leave a reply

HTML Tags are not supported

Post My Comment »