गौतम बुद्ध विमानस्थल निर्माणको जिम्मेवारी पाएको कम्पनीले कामै नगरेको खुलासा

२५ आश्विन २०७४

banner

काठमाडौं। गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको जिम्मेवारी पाएको चिनियाँ ठेकेदार कम्पनी नर्थवेष्ट सिभिल एभिएसनले कामै नगरेको खुलासा भएको छ। 

आयोजना प्रमुख ओम शर्माले चिनियाँ ठेकेदार कम्पनी नर्थवेष्टले फिल्डमा काम नगरेकै कारण आयोजन निर्माणको कामलाई अघि बढाउन कठिनाई भइरहेको बताएका छन्।। व्यवस्थापिका संसदको सार्वजनिक लेखा समितिको बुधबारको बैठकमा बोल्दै उनले आयोजना निर्माणको जिम्मेवारी पाएको ठेकेदार लगायतका कनसल्टयान्टहरुले काम नगर्ने गरेको गुनासो गरे।

आयोजना प्रमुख शर्माले चिनियाँ ठेकेदार कम्पनीलाई भाषा बुझाउन कठिनाई भएका कारण पनि आयोजनाको काम अघि बढाउन कठिनाई हुन गएको पनि उल्लेख गरे।

उनले आयोजनामा कार्यरत ठेकेदार कम्पनीहरुको काम कार्वाही चित्तबुझ्दो नभएका कारण पुनर्विचार गर्न सरकारलाई आपूmले पटक पटक आग्रह गर्दै आएको जानकारी पनि समितिलाई गराए। राष्ट्रिय गौरवको यो आयोजना समयमै सम्पन्न गर्न समितिले सरकारलाई पटक पटक सचेत गराउँदै आएको छ। 

Leave a reply

HTML Tags are not supported

Post My Comment »