नेपाली चलचित्र ‘२ रुपैयाँ’ हेर्न साइप्रसको सिनेमाहलमा भीड

२५ आश्विन २०७४

banner

रिङ्कु श्रेष्ठ

साइप्रस । 'कुटुमा कुटु सुपारी दाना’ गीतबाट चौतर्फी वाहवाही बटुलेको नेपाली चलचित्र ‘२ रुपैयाँ’ लाई साइप्रसमा बसोबास गर्ने नेपालीहरुले अत्यधिक रुचाएका छन् ।

निश्चल बस्नेत, आशिफ शाह, सुमी मोक्तान लगायतको धमाकेदार अभिनयले भरिपूर्ण उक्त नेपाली चलचित्रलाई ओमकार महतो (ओमी सुरी), रोजिना जोशी र दिपेन भण्डारीको समूहले साइप्रसमा प्रर्दशनको व्यवस्था मिलाएको हो ।

यही अक्टुवर ८ तारिख आइतबारका दिन साइप्रसको निकोसिया शहरको दियोनिसोस थियटर र गत सेप्टेम्बर २४ मा लिमाशोलको रियो सिनेमाहलमा प्रदर्शन गरिएको चलचित्र हेर्न साइप्रसमा करिब ४० वर्षदेखि बसोबास गर्दै आएका नेपाली नागरिक राम श्रेष्ठ, नेपाली कन्सुलर रामजीवन पंजियारका सपरिवार लगायत साइप्रसमा बसोबास गर्ने नेपालीहरुको बाक्लो उपस्थिती रहेको थियो । नेपाली चलचित्र '२ रुपैयाँ' ले उपस्थित सबै दर्शको मन जित्न सफल भएको जानकारी आयोजकले गराएको छ ।  

नेपाली चलचित्र प्रर्दनलाई आफूहरुले नाफाघाटा भन्दा पनि साइप्रसमा नेपाली चलचित्रको प्रचारप्रसार गर्ने र यहाँ बसोबास गरिरहेका नेपालीहरुलाई सिनेमाहलसम्म पुर्याएर नेपाली कथानक चलचित्र देखाउने उद्धेश्यका साथ आफूहरुले '२ रुपैयाँ' को  प्रदर्शनको व्यवस्था मिलाएको दाबी आयोजकको रहेको छ ।

अर्को सफल नेपाली कथानक चलचित्र 'छक्कापन्जा-२' पनि चाँडै नै सोही सिनेमाहलहरुमा पर्दशनको तयारीमा रहेको जानकारी आयोजकहरुले गराएका छन् । चलचित्र प्रदर्शन कहिले हुने सम्बन्धी जानकारी चाँडै गराउने भनाई आयोजकको रहेको छ ।

 

Leave a reply

HTML Tags are not supported

Post My Comment »