प्रचण्डले खोले एमालेसँग एकता गर्नुको राज!

२५ आश्विन २०७४

banner

काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले संविधानले परिकल्पना गरे अनुसारको राज्य निर्माण गर्न एमालेसँग एकीकरण गर्ने निर्णय लिनु परेको दाबी गरेका छन्।

अध्यक्ष दाहालले एमाले र नयाँ शक्ति पार्टी, नेपालसँग पार्टी एकीकरणका लागि ठूलो बहस हुने र त्यसले संविधानले परिकल्पना गरे अनुसारको समाजवाद उन्मुख राज्य निर्माणका लागि आवश्यक बैचारिक र भौतिक आधार तयार पार्ने दावी समेत गरे।

बुधबार गणेश साह नेतृत्वको नेकपा संयुक्तसँग पार्टी एकीकरण घोषणा गर्न आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले एमालेसहितका दलहरुबीच पार्टी एकीकरण गर्ने अभियान सुरु भएको र त्यसले एउटै कम्युनिष्ट केन्द्र बनाउने अभियानलाई साथ दिने विश्वास पनि व्यक्त गरे। 

अध्यक्ष दाहालले विश्वमा अव नेपालले समाजवादको नयाँ मोडल दिन सक्ने दावी समेत गरे। उनले देशमा २ तिहाई जनमत बामपन्थीहरुको रहेकाले विश्वमा कम्युनिष्ट आन्दोलन रक्षात्मक अवस्थामा रहेको बेला पनि नेपालका कम्युनिष्टहरु भने आक्रामक अवस्था रहेको उल्लेख गरे। 
अध्यक्ष दाहालले कम्युनिष्ट पार्टीबीचको एकीकरण अभियानलाई पूर्णता दिन जनताको तहसम्मै बहस चलाउने योजना पनि अघि सारेका छन्। 

Leave a reply

HTML Tags are not supported

Post My Comment »