अमेरिकाकाे टेक्ससमा “स्रस्टा साँझ”को भेटघाट कार्यक्रम 

२५ आश्विन २०७४

banner

टेक्सस। अमेरिकाकाे टेक्सासको डालस-फोर्टवर्थमा केही महिनादेखि “स्रस्टा साँझ” साहित्यिक कार्यक्रम संचालन गरिरहेको श्रष्टा समाजले वरिष्ठ नेपाली भाषााविद् तथा साहित्यकार प्रा.डा. टंक न्यौपाने र कान्तिपुर दैनिकका पूर्व सम्पादक योगेश उपाध्यायको सम्मानमा एउटा सन्ध्याकालीन अन्तरकृयात्मक भेटघाट कार्यक्रमको आयोजना गरेकाे छ। साे अवसरमा उनीहरूका  अनुभव र बिचार अादान प्रदान गरिएकाे थियाे।

पहिले पटक पूर्वाञ्चलकाे धरान, इटहरीमा पञ्चैबाजासहित नागरिक समाज र विभिन्न संघसंस्थाले रथाराेहणसहित नागरिक अभिनन्दन र सम्मान गरिएका प्रा. नेउपाने  धरानवासी नेपाली भाषाशास्त्री तथा साहित्यकार निवृत्त त्रिविका प्राध्यापक हुन्। उनका धेरै  भाषाका अनुसन्धान र कृतिहरू प्रकाशित छन्। कान्तिपुर  पूर्व सम्पादक याेगेश उपाध्याय  अफ्नाे क्षेत्रमा वरिष्ठ पत्रकार हुन्।

कार्यक्रममा डा. टंक न्यौपाने र योगेश उपाध्यायले नेपालमा साहित्य र पत्रकारिताको विकासका विभिन्न चरणहरुका बारेमा आफ्ना विचार, अनुभव र योगदानको संक्षिप्त चर्चा गरेका थिए| कार्यक्रममा प्रभात दीक्षित, बैकुण्ठराज आचार्य, बेदनिधि दाहाल, कृष्ण ज्ञवाली, रमेश पोखरेल, समीक्षा दाहाल, ईरा आचार्य, शशी पोखरेल आदिको उपस्थिति थियो|

“स्रस्टा साँझ” को विभन्न साहित्यिक गतिबिधि मध्ये आफ्नो शहरमा आएका स्रस्टाहरुलाई सम्मान र भेटघाट अनि अन्तरकृया गर्ने कार्यक्रम रहेको जानकारी आयोजक बेदनिधि दाहालले जानकारी दिए।

Leave a reply

HTML Tags are not supported

Post My Comment »