उम्मेद्वार छान्न कांग्रेसले गठन गर्याे संसदीय बाेर्ड (नामसहित)

२५ आश्विन २०७४

banner

काठमाडाैं। प्रमुख दल नेपाली कांग्रेसले मंसिरमा हुने प्रदेश र प्रतिनिधि सभाको निर्वाचनमा उम्मेदवार छान्न १७ सदस्यीय संसदीय समिति गठन गरेको छ।

प्रधानमन्त्री समेत रहेका पार्टी सभापति शेरबहादुर देउवाले बुधबार उक्त बोर्ड गठन गरेका हुन्।  समितिका १७ सदस्यहरुमा सभापति शेरबहादुर देउवा, वरिष्ठ नेेता  रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला, काेषाध्यक्ष सीतादेवी यादव रहेका छन्।

यसैगरी नेताहरू प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, विमलेन्द्र निधी, गोपालमान श्रेष्ठ, खुमबहादुर खड्का, पूर्णबहादुर खड्का, अर्जुननरसिंह केसी छन्। डा. रामशरण महत, चित्रलेखा यादव, महेश आचार्य, बालकृष्ण खाण, डा. प्रकाशशरण महत र ज्ञानेन्द्रबहादुर कार्की पनि बाेर्डमा छन्। 

संसदीय समितिले केन्द्रीय कार्यसमितिको म्याण्डेट अनुसार असोज २७ गतेसम्म प्रदेश र प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवार चयन गर्ने छ ।

Leave a reply

HTML Tags are not supported

Post My Comment »