गोरुले छातीमा हान्दा युवकको मृत्यु

२५ आश्विन २०७४

banner

भीमदत्तनगर। कञ्चनपुरको बेलौरी नगरपालिका–२ मा आज खेत जोतिरहेको अवस्थामा गोरुले हान्दा एक युवकको मृत्यु भएको छ। 

स्थानीयवासी जितबहादुर चौधरीको घरमा काम गर्ने मजदुर ३५ वर्षीय सोमरी खुनाको हलो जोत्ने क्रममा गोरुले हान्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। 

गोरुको प्रहारबाट छातीमा गम्भीर चोट लागेका खुनालाई उपचारका लागि धनगढी लैजाँदै गर्दा बाटोमा मृत्यु भएको प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर सेटीले जानकारी दिए।

Leave a reply

HTML Tags are not supported

Post My Comment »