सगुनमा दोस्रो चरणको लगानी गर्ने समय सीमा नोभेम्वर ३० सम्म

२५ आश्विन २०७४

banner

वासिङ्टन डीसी। सोसल कमर्स सञ्जाल सगुन (www.sagoon.com) ले हालै खुल्ला गरेको दोस्रो चरणको लगानी अवसरलाई नोभेम्वर ३०, २०१७ मा स्थगित गर्ने घोषणा गरेको छ।

आज एक न्यूज रिलिज जारी गर्दै सगुनले आफ्नो दोस्रो राउण्डको लगानी अवसरलाई २०१७ साल, नोभेम्बर महिनाको ३० तारिखबाट स्थगित गर्ने जानकारी गराएको हो।

हालसम्म संसारभरका २ हजार भन्दा बढी व्यक्तिले सगुनमा लगानी गरिसकेका छन्। सगुनले आफ्नो मोबाइल एप आउँदो डिसेम्बर महिनाको दोस्रो हप्तामा सार्बजनिक गर्ने जानकारी पनि गराएको छ।

प्रति शेयर २३ अमेरिकी डलरमा सर्वसाधारणले खरिद गर्न सक्ने 'C' श्रेणीको साधारण शेयरका लागि यस चरणमा लगानी कर्ताले न्युनतम १ हजार अमेरिकी डलरको शेयर खरिद गर्नुपर्ने हुन्छ।

यस चरणमा सगुनले लगानी गरिने रकम क्रेडिट/डेविट कार्ड, एसीएच्, बैंक तथा चेकमार्फत् भुक्तानीबाट स्वीकार गरेको छ। सगुनले आफ्नै वेबसाइटबाट(www.sagoon.com/invest)शेयर जारी गरेको छ जहाँ लगानीको बारेमा आवश्यक पर्ने जानकारी पढ्न तथा डाउनलोड गर्न सकिने छ। 

सगुनमा संसारभरबाट लगानीकर्ताले लगानी गरेका छन्। तीमध्ये अधिकांश अमेरिका, बेलायत, क्यानडा, अष्ट्रेलिया, दक्षिण कोरिया, भारत तथा मध्यपूर्वका रहेका छन् । यसमा रहेका शेयरधनीहरुमध्ये अधिकांश यसका प्रयोगकर्ता र समर्थक हुने भने थप व्यक्तिहरु दैनिक रुपमा यससँग जोडिने क्रम जारी रहेको जानकारी कम्पनीले गराएको छ। 

कम्पनीले आफ्नो मोबाइल एप बनाउनको लागि १० लाख अमेरिकी डलर खर्च गरेको छ भने यो एप सबैले एकदमै रुचाउने एप हुने सगुनले विश्वास गरेको छ। सगुनले इन्डिएन इन्स्टिच्युट अफ टेक्नोलोजी, दिल्लीसँग ब्याट्री रिचार्ज गर्ने प्रविधि, आर्टिफिसिएल इन्टेलिजेन्स, सेमान्टिक वेब, प्राकृतिक भाषा प्रसोधन क्षमतामा सहकार्य गर्ने निर्णय समेत गरेको छ ।

कम्पनीको बारेमा जानकारी गराउँदै सगुनका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत गोविन्द गिरीले बिश्वभर रहेका सामाजिक सञ्जाल प्रयोगकर्ताका कतिपय समस्याहरुको समाधान गर्न र प्रयोगकर्ताका आवश्यकतालाई ध्यान दिने कम्पनीको रुपमा आफूलाई विकास गर्न लागिपरेको दृढता व्यक्त गरेका छन्। 

उनले सगनुका शेयरधनीहरुको मूल्यलाई दीर्घकालीन रुपमा बढाउन लागिपरेको समेत बताएका छन्। 

प्राविधिक पूर्वाधार चुस्त र कम्पनीमा कार्यरत कर्मचारीहरु प्रतिभावान भएका कारण सगुनका लाखौं प्रयोगकर्ताहरुको वेब ट्राफिक, किनबेच तथा अन्य सेवालाई सहजै धान्न सक्ने दाबी गिरीले गरेका छन् ।

संस्थापक गिरीले कम्पनीलाई सफल बनाउन संसारभरका लगानीकर्ताहरुलाई कनेक्ट। शेयर। अर्नको दूरदृष्टिलाई साकार पार्नलाई साथ दिन अनुरोध गरेका छन् । 

Leave a reply

HTML Tags are not supported

Post My Comment »