लोक दोहरी प्रतिष्ठान नवलपरासीका अध्यक्ष भरत क्षेत्रीको तिहारको कोशेली

२६ आश्विन २०७४

banner

केशव रेग्मी, टेक्सास

लोक दोहोरी क्षेत्रमा आफ्नो अलगै पहिचान वनाऊन सफल सर्जक भरत क्षेत्रीले समसमायिक विषयलाई केन्द्रीत गरि लोक दोहरी गित तथा नेपाली हरूको महान पर्व लाई केन्द्रित गरेर भिंडियोंहरू सार्वजनिक गर्ने गरेका छन । पछिल्लो समय उनको तिहार कोसेली देउसी भैलोको भिंडियों हाम्रो सामु आई सकेको छ ।

वर्तमान समयमा चाड वाड संस्कृति रक्षा गर्नलाई भिडियोमा सचित्रमा उतारेका छन ! भिंडियों पनि निकै राम्रो वनाएर दर्शक समक्ष पेश गरेका छन ।भरत क्षेत्री राष्ट्रिय लोक दोहोरी प्रतिष्ठान नवलपरासीको अध्यक्ष समेत हुनुन्छ । थुप्रै गितहरुमा आवाज दिदै आइरहेका छेत्री येतिबेला दिपावलिको अबसर पारेर "तिहारको देउसी भैलो" बोलको गित सार्बजनिक गर्नुभएको छ। गितमा भरत क्षेत्री र गायिका ननिता गुरुङको सुमधुर आवाज छ। यस गित को शब्द सङित आफै भरतक्षेत्रीले गर्नुभएको छ । म्युजिक भिडियो मा प्रदिप ज्ञवाली र कुसुम थापा मगर को अभिनय देख्न सकिन्छ। अजय रेग्मीले यस भिडियो लाइ भुमही नवलपरासीमा छायांकन गर्नु भए संगै अनुप सिवाकोटीले सम्पादन गर्नुभएको छ ।

हेर्दा आनन्द अनि रमाइलो लाग्ने बनेर बजारमा आएको गितमा तिहार आउदा गाउ घरमा देउसी भैलो खेल्दाको झल्को समातेको छ । यो भिडियोलाइ प्रदिप ज्ञवालीले निर्देशन गरेका हुन् । यस म्युजिक भिडियोलाइ उज्यालो म्युजिक प्रा लि ले बजार ब्यबस्थापन गरेको छ।

Leave a reply

HTML Tags are not supported

Post My Comment »