चिन्ताजनक बन्दै प्रा.डा. केसीको स्वास्थ्य, बोल्नै नसक्ने अवस्थामामा पुगे

२६ आश्विन २०७४

banner

काठमाडौँ । चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधारको माग राखेर अनशन बसेका प्राडा गोविन्द केसी बोल्न नसक्ने अवस्थामा पुगेका छन्।

अनशनको छैटौँ दिनसम्म शुभेच्छुकमाझ बोलचाल गरेका केसी सातौँ दिन (बुधबार) देखि बोल्न नसक्ने अवस्थामा पुगेका हुन्।

शरीरका सबै मांसपेशी दुख्ने, कटकट खाने, टाउको र छाती दुख्ने समस्या बढेपछि केसी बोल्न नसक्ने अवस्थामा पुगेको उनका सहयोगीहरूले बताएका छन्।

केसीको शरीरमा पानीको मात्रा कम भएपछि २४ घन्टाको अवधिमा ६ वटा स्लाइन पानी दिन थालिएको छ। सहयोगीका अनुसार उनलाई बुधबार दिउँसोबाट अत्यधिक छाती दुखेको छ। जसले श्वासप्रश्वासमा पनि समस्या भएको छ। आजको नयाँ पत्रिका दैनिकले खबर छापेको छ। 

Leave a reply

HTML Tags are not supported

Post My Comment »