बाढीपीडित किसानको खातामा ८० करोड : कुन जिल्लामा कति रकम ?

२६ आश्विन २०७४

banner

काठमाडौँ । तराईमा आएको बाढीले क्षति बेहोरेका किसानलाई कृषि विकास मन्त्रालयले १ अर्ब २५ करोड ५ लाख ६० हजार रुपैयाँ राहतका लागि पठाएको छ। 

त्यसमध्ये करिब ८० करोड रुपैयाँ अनुदान किसानको खातामा पुग्नेछ। २६ साउनदेखि परेको अविरल वर्षापछि आएको बाढीले तराईका २० जिल्लाको कृषि क्षेत्रमा ६ अर्बको नोक्सान गरेको थियो। त्यसलाई तत्काल पूर्ति गर्न प्रभावित क्षेत्रका किसानलाई ८० करोड रुपैयाँ अनुदान प्रवाहका लागि बजेट निकासा भएको कृषि मन्त्रालयका प्रवक्ता डा। योगेन्द्रकुमार कार्कीले जानकारी दिए।

‘बाढी प्रभावित २० जिल्लामा कुल १ अर्ब २५ करोड रुपैयाँ निकासा भएको छ। यसमा २० करोड रासायनिक मल र २० करोड प्रांगारिक मल खरिदका लागि उपयोग हुनेछ,’ उनले भने, ‘बाँकी रकम किसानले बेहोरेको क्षतिका आधारमा बैंक खातामा जम्मा गरिदिने गरी पठाएका छौँ।’अनुदान रकमलाई पारदर्शी ढंगले किसानसम्म पु¥याउन बैंक खातामा जम्मा गरिदिन लागेको उनले बताए। ‘बैंकमा खाता नभएका किसानलाई कर्मचारीले खाता खोल्न सहजीकरण गरिदिनेछन्,’ उनले भने, ‘अनुदान रकम पारदर्शी रूपले वितरण गर्न बैंक खातामा पठाउन लागिएको हो।’ आजको नयाँ पत्रिका दैनिकले खबर छापेको छ। 

कुन जिल्लामा कति रकम ?

जिल्ला                बजेट

पर्सा : ७ करोड १० लाख ५५ हजार

बारा : ६ करोड ३७ हजार

रौतहट : ११ करोड ४० लाख ८१ हजार

सर्लाही : १० करोड २५ लाख ६३ हजार

धनुषा : १६ करोड ३२ लाख ५२ हजार

महोत्तरी : १२ करोड ६९ लाख ३४ हजार

चितवन : १ करोड ५० लाख ९० हजार

रसुवा : १ करोड ८५ लाख ६ हजार

रामेछाप : ५७ लाख ६१ हजार

ललितपुर : १ करोड १९ लाख २२ हजार

झापा : १२ करोड १५ लाख १४ हजार

मोरङ : ५ करोड ४२ लाख ५२ हजार

सुनसरी : ५ करोड ४६ लाख ७५ हजार

सप्तरी : ६ करोड ८ लाख ३१ हजार

सिराहा : ६ करोड २६ लाख ११ हजार

बझाङ : २९ लाख ५९ हजार

दार्चुला : २३ लाख ७१ हजार

बैतडी : १७ लाख ५० हजार

कैलाली : २ करोड ५८ लाख ६० हजार

डोटी : २५ लाख

दाङ : १ करोड ६८ लाख २२ हजार

बाँके : ३ करोड ७४ लाख ३६ हजार

बर्दिया : ६ करोड १ लाख ३८ हजार

रुपन्देही : ८५ लाख ३४ हजार

कास्की : १९ लाख ८३ हजार

बाग्लुङ : १८ लाख ४७ हजार

गुल्मी : ५८ लाख ८७ हजार

नवलपरासी : १ करोड ६ लाख १८ हजार

कपिलवस्तु : १ करोड ७० लाख ६० हजार

तनहुँ : १ करोड ६ लाख ८७ हजार

स्रोत : कृषि विकास मन्त्रालय

Leave a reply

HTML Tags are not supported

Post My Comment »