तीन लाख रुपैयाँ र गरगहनासहित १२ दिनदेखि महिला बेपत्ता

२६ आश्विन २०७४

banner

जीतपुर । जीतपुरमा १२ दिनदेखि एक महिला बेपत्ता भएकी छिन्। अर्घाखाँची फुदवाङ स्थायी घर भई हाल बुद्धभूमि नगरपालिका वडा नं ९ इमिलियामा भाडामा बस्दै आएकी २९ वर्षीया वसन्ता विसी (केसी) यही असोज १४ गते (दशैँको टीका) का दिनदेखि हराएकी छिन्। 

बचत समूहबाट लिएको रु तीन लाख ऋणका विषयमा सामान्य घरायसी विवाद भएपछि दशैँको टीकाको दिन साँझ ७ः०० बजेदेखि श्रीमती घरमा नभएको श्रीमान् लालबहादुर केसीले जानकारी दिए। म बिरामी भएको मौका छोपी रु तीन लाख नगद रकमसहित आफूले लगाएका सुनका गहनासमेत लिएर गएको श्रीमान् लालबहादुर केसीले गुनासो गरे। 

उनले भने, “यस्तो समान्य विवाद हुँदा घरै छोडेर जाली भन्ने कल्पनासमेत गरेको थिइन।” डेढ वर्षदेखि इमिलियामा भाडामा बस्दै आएका उनका श्रीमान्ले आफ्नै गाडी चलाउने काम गर्छन्। उनको एउटा नौ वर्षीय छोरा छ। पहिले पनि घरमा सामान्य विवाद हुने गरेको श्रीमानले बताए। 

आर्थिक कारोबार श्रीमतीले गर्ने गरेको र पैसा माग्दा तपाईलाई किन चाहियो भन्दै झर्किने गरेको लाल बहादुरले बताए। सबै ठाउँमा खोजी गरेको तर कतै पत्ता लगाउन नसकिएको भन्दै खोजिदिन पुलिस प्रशासन, मानवअधिकारवादी, पत्रकार सबैलाई आग्रह गरेका छन्। घर र माइती दुवै पक्षबाट खोजीदिन आग्रह गर्दै इलाका प्रहरी कार्यालय, गोरुसिङ्गेमा निवेदन परेको र निजको खोजी कार्य भइरहेको प्रहरी नायब निरीक्षक छमन खत्रीले जानकारी दिए। रासस

Leave a reply

HTML Tags are not supported

Post My Comment »