सुनसान ठाउँमा गाडीको टायर पड्किँदा भयो यस्तो अद्भूत खोज

२६ आश्विन २०७४

banner

एजेन्सी। कहिलेकाहीँ निकै मेहनत गरेर कुनै काम गर्दा कुनै नतिजा निस्किन्न तर अपेक्षा नै नगरेको ठाउँ र समयमा अद्भूत खोज हुन्छ । यस्तै अद्भूत घटना एक अनुसन्धान टोलीसँग पनि भयो । धेरै वर्ष पहिले जीवित रहेर अहिले लोप भइसकेका जीवजन्तुको अवशेषको खोजी गर्नेहरुको टिम सन् १०९० मा एक ठाउँमा अवशेष खोज्नको लागि निकै समय बिताएको थियो । 

लामो समयसम्म खोजी गर्दा पनि कुनै नतिजा ननिस्किएपटि टिम निकै निराश भएर फर्कन लागे । केही अगाडि पुग्दा उनीहरुको गाडीको टायर पंक्चर भयो । त्यसपछि उनीहरुले यस्तो अद्भूत खोज गरे जसको उनीहरुले कल्पना पनि गरेका थिएनन् । अमेरिकाको साउथ डाकोटाको ब्ल्याक हिल्स इन्ष्टिच्युट अफ जियोलोजिकल रिसर्चका केही अनुसन्धानकर्ताहरु अवशेष खोज्न चेयन रिभर इण्डियन रिजर्वेसन गएका थिए । उनीहरुले जमिनका मालिकलाई ३ लाख दिएका थिए ताकि त्यहाँ गहिराइसम्म अध्ययन गर्न सकियोस । 

यो टिमले त्यहाँ अवशेष भेट्ने ठूलो आशा गरेका थिए तर त्यहाँ केही पाइएन । हार मानेर उनीहरु त्यहाँबाट धेरै टाढा राखिएको आफ्नो गाडीमा गए । त्यहाँ पुग्दा गाडीको टायर पंक्चर भएको थियो । टीमका धेरैजसो सदस्यहरु टायर ठिक गराउन गए । एक सदस्य सू हेंडरिक्सो मात्र त्यहाँ बसिन् । एक्लै भएपछि उनी त्यसै हिँड्दै अलि पर पुगेकी थिइन् त्यहाँ उनले जमिनमा एउटा हड्डी भेटिन् । एउटा हड्डी भेट्नासाथ उनले अरु हड्डी खोज्न थालिन् । उनले त्यहाँ अरु पनि अवशेषहरु भेट्न थालिन् । उनले आफ्नो टिमलाई यसको जानकारी दिइन् । जब उनीहरुको इन्ष्टिच्युटका सिनियर प्रोफेसरले यी अवशेष हेरे त्यसपछि थाहा भयो यो अवशेष ‘ट्राइरानोसोरस’ (एक किसिमको डायनोसोर)को थियो । उनीहरुले त्यहाँबाट त्यो जीवको पुच्छ्, २ हात, ५ फिट लामो अनुहार र संसारका सबैभन्दा ठूला दाँतको खोजी गरे । 
 

Leave a reply

HTML Tags are not supported

Post My Comment »