छोरीले अन्तरजातीय विवाह गर्दा पूरै परिवारको अन्त्य, सबैले विष पिएर आत्महत्या

२६ आश्विन २०७४

banner

उदयपुर। आफ्नी जेठी छोरीले अन्तरजातीय विवाह गरेपछि एक शिक्षक, उनकी पत्नी, छोरा र कान्छी छोरीले विष पिएर आत्महत्या गरेका छन् । भागेर विवाह गरेकी जेठी छोरी भने अहिलेसम्म बेपत्ता छिन् । भारतको राजस्थान उदयपुरमा बस्ने यो परिवारकी जेठी छोरीले केही समयअघि अन्तरजातीय विवाह गरी प्रेमीसँग बेपत्ता भएकी थिइन् ।

उदयपुरको ज्योतिनगर कोलोनीमा बस्ने शिक्षक विनोद शर्माले सोमबार पत्नी कल्पना, कान्छी छोरी अञ्जुर र छोरा निखिलसँग विष पिएर सबैले आत्महत्या गरेका थिए । छिमेकीका अनुसार विनोदकी जेठी छोरी कोमल अर्कै जातीका युवकसँग कोर्टम्यारिज गरेर गएकी थिइन् । यही बदनामीका कारण पूरै परिवारले विष पिएको बताइएको छ । कोमल अहिलेसम्म बेपत्ता छिन् । 
 

Leave a reply

HTML Tags are not supported

Post My Comment »