पत्नीसँग कोठमा बसेका थिए अपराधि, प्रहरी देख्नासाथ पत्नीले देखाइन यस्तो हर्कत 

२६ आश्विन २०७४

banner

एजेन्सी । अपराधि अखिलेश सिंहसँगको झडपपछि प्रहरीले सिंह सहित उनकी पत्नीलाई समेत पक्राउ गरेको छ।  एक गेस्ट हाउसबाट प्रहरीले सिंह सहित उनकी पत्नीलाई पक्राउ गरेको हो। प्रहरीलाई देख्नासाथ सिंहले फायरिङ सुरु गरेका थिए भने उनकी पत्नीले प्रहरीको पेस्तोल खोस्ने प्रयास गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो। 

सिंहविरुद्ध आठ व्यक्तिको हत्या, अपहरणजस्ता ५६ मुद्दा दर्ता भएका छन्। २०१५ नोवेम्वर मा जमानत मिलेपछि उनी हरार भएका थिए। गुडगाउँमा भएको खबर पाएपछि प्रहरीले केही दिनसम्म उनको खोजी गरेको थियो। 

गेस्टहाउसमा बसेको सुइको पाएपछि मध्यरातमा प्रहरीले गेस्टहास चारैतिरबाट घेर्यो। उनी पत्नीसँग ५०२ नम्बरको कोठमा बसेका थिए। बाहिरबाट प्रहरीले ठोका ढकढकउँदा उनले भित्रबाट फायरिङ सुरु गरेका थिए। त्यसपछि प्रहरीले पनि फायरिङ सुरु गरेको थियो। प्रहरीले गोली चलाएपछि दुई गोली सिंहलाई लागेको थियो। जसबेला उनकी पत्नीले प्रहरीको पेस्तोल खोस्न खोजेपछि उनलाई पनि प्रहरीले पक्राउ गरेको थियो। 

प्रहरीको गोलीबाट घाइते सिंहलाई भारतको सिविल हस्पिटलमा भर्ना गरिएको छ भने उनकी पत्नीलाई जेलमा लगिएको छ। 
 

Leave a reply

HTML Tags are not supported

Post My Comment »