राहुल गान्धी महिला शौचालयमा घुसेपछि...

२६ आश्विन २०७४

banner

एजेन्सी । भारतीय काँग्रेसका उपाध्यक्ष राहुल गान्धी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको गृह क्षेत्र गुजरात यात्रामा छन्। 

यही सिलसिलामा उनी उदयपुर पुगेर एक र्यालीको सम्बोधन गरे। राजनीतिक सभा र भाषणका बीच राहुलको एउटा यस्तो तस्वीर सामाजिक सञ्जालमा निकै भाइरल भएको छ। भारतीय सञ्चारमाध्यमका अनुसार गान्धी सभापछि जब शौचालय गए गए त उनी पुरुष नभई महिलाको सौचालय छिरे। 

राहुल जुन सौचालय गएका थिए त्यसको बाहिर निकै संकेत दिइएको थिएन् तर गुजराती भाषामा एक पर्चा टासिएको थियो। उक्त पर्चामा पहिला शौचालय नै लेखिएको तर उनले गुजराती भाषा बुझेनन्। उनी भित्र जाँनासाथ उनका बडिगार्ड बाहिर उभिए। 

जबकी राहुल बाहिर निस्किए तब उनी मिडियाको नजरमा परे। केही फोटो पत्रकारहरुले उनको तस्वीर खिचिसकेका थिए। तिनै तस्वीर अहिले सामाजिक सञ्जालमा भाइरल हुन थालेका छन्। 

Leave a reply

HTML Tags are not supported

Post My Comment »