२ वर्षकी छोरी र ११ महिनाका छोरासँग एउटै पासोमा झुण्डिइन् महिला, यस्तो छ कारण

२६ आश्विन २०७४

banner

एक महिलाले आफ्नी २ वर्षकी छोरी र ११ महिनाका छोरासँग एउटै पासोमा झुण्डिएर आत्महत्या गरेकी छिन् । मंगलबार राती आफ्नो कोठामै पासोमा झुण्डिएकी महिलाको शव बुधबार भेटिएको थियो । ती महिलासँग उनका श्रीमान् र परिवारले लगातार पैसाको माग गर्ने र नदिँदा कुटपिट गर्ने गरेपछि दिक्क भएर ती महिलाले आत्महत्या गरेको बताइएको छ । प्रहरीले ती महिलाका श्रीमान् र सासूलाई पक्राउ गरेको छ । 

ती महिलाका मामाका छोराले यी महिलालाई झुक्याएर बिहे गरिएको खुलाएका छन् । भारतको उत्तर प्रदेश प्रतापगढकी मञ्जु नामकी ती महिलाको विवाह सन् २०१४ मा नागेन्द्र नामका युवकसँग गरिएको थियो । मामाका छोरा पंकज मिश्राका अनुसार त्यतिबेला मञ्जुलाई नागेन्द्र वकिल भएको भनिएको थियो तर नागेन्द्र केही काम गर्दैनथे । बिहेमा ठूलो परिमाणमा दाइजो दिइएको थियो र १ लाख रुपैयाँ नगद समेत दिइएको थियो । 

नागेन्द्रकी एक बहिनी थिइन् जसको बिहे आगामी नोभेम्बरमा हुने वाला थियो । त्यसका लागि नागेन्द्रले मञ्जुका पितासँग ३ लाख रुपैयाँ मागेका थिए । तर, मञ्जुका पिताले रकम दिन अस्वीकार गरेका थिए । उनले १ लाखसम्म दिन सक्ने बताएका थिए । यसपछि नागेन्द्रले मञ्जुलाई सताउन थालेका थिए । 
 

Leave a reply

HTML Tags are not supported

Post My Comment »