गृहमन्त्रीले राजीनामा दिनुपर्छः राणा

२६ आश्विन २०७४

banner

काठमाडौं। सत्तारुढ राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक)ले गृहमन्त्री जनार्दन शर्माको राजीनामा माग गरेको छ।  पार्टीका अध्यक्ष पशुपतिशमशेर राणाले नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरद गौचनको हत्या भएपछि पदमा बसिरहन नमिल्ने भन्दै गृहमन्त्री शर्माको राजीनामा माग गरेका हुन्। 

बिहीबार भक्तपुरमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उनले काठमाडौंमा दिउँसै गौचनको हत्या भएबाट मुलुकको शान्ति सुरक्षाको अवस्था सुदृढ नरहेको पाइएको पार्टीको निष्कर्ष पनि सुनाए। 

अध्यक्ष राणाले माओवादी केन्द्रलाई सरकार छाड्न दवाव दिए। उनले सरकारमै बसेर सरकारको विरोध गर्न नमिल्ने भन्दै माओवादी केन्द्रलाई नैतिकताको आधारमा सरकारबाट बाहिरिन आग्रह गरे। अध्यक्ष राणाले प्रतिपक्ष एमालेसँग गठबन्धन गरेको माओवादी केन्द्र सरकारमा बसिरहनु राजनीतिक बेइमानी हुने तर्क गरे।  अध्यक्ष राणाले मुलुकमा राष्ट्रवादी शक्तिहरु एकतावद्ध हुन नसकेकोमा चिन्ता व्यक्त गरे। 

Leave a reply

HTML Tags are not supported

Post My Comment »