३ वर्ष सँगै बस्दा थाहा भएन ब्वाइफ्रेण्डको खतरनाक वास्तविकता, बेडमुनि हेर्दा उड्यो होश

२६ आश्विन २०७४

banner

एजेन्सी। ३ वर्षसम्म ब्वाइफ्रेण्डसँग बसिरहेकी एक युवतीले आफूहरुको बेडमुनि हेर्दा एकाएक उनको होसहवास उड्यो । त्यतिबेला उनका ब्वाइफ्रेण्ड पनि उनीसँगै थिए । उनीहरुको बेडमुनि ती युवतीको हत्या गर्ने र त्यसपछि शवलाई ठेगान लगाउने सामानहरु थिए । 

ती युवतीले ब्वाइफ्रेण्डले आफ्नै हत्या गर्ने तयारी गरेको थाहा पाएपछि ब्वाइफ्रेण्डले उनलाई ३ दिनसम्म यातना दिए । यातनाका कारण ती युवती मरेको सम्झेर ब्वाइफ्रेण्डले उनलाई छोडेर गए । पछि थाहा भयो ती व्यक्ति एक सिरियल किलर थिए । उनले यसअघि पनि २ अन्य युवतीलाई प्रेममा फसाएर हत्या गरिसकेका थिए । घटना लण्डनको हो । यहाँ डेलिया बाल्मर आफ्ना ब्वाइफ्रेण्ड जोन स्वीनेसँग तीन वर्षदेखि सँगै बसिरहेकी थिइन् । ब्वाइफ्रेण्डले बेडमुनि राखेका सामानहरु देखेपछि डेलियाको टाउकोमा बन्दुर राखेर उनले यसअघि अन्य दुई प्रेमिकाको हत्या गरिसकेको बताएका थिए । उनले यातना दिँदा डेलियाको हातका औंलासमेत काटिदिएका थिए । उनलाई बलात्कार गरेर उनी मरिसकेको सम्झेर जोन छोडेर गएका थिए । यसरी गएका जोनले प्रहरीसँग् भाग्दाभाग्दै अर्की गर्लफ्रेण्डको समेत हत्या गर्न भ्याएका थिए । पक्राउ परेपछि जोनलाई मृत्युदण्ड दिइएको थियो ।
 

Leave a reply

HTML Tags are not supported

Post My Comment »