चुनावी तालमेल काँग्रेसको उदारतामा निर्भरः यादव

२६ आश्विन २०७४

banner

काठमाडौं। सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले काँग्रेसको उदारताका आधारमा चुनावी गठबन्धन हुने वा नहुनेमा भर पर्ने बताएका छन्। 

समाजवादी फोरम र नेपाल कम्यूनिष्ट पार्टी संयूक्त माक्र्सवादवीच भएको पार्टी एकीकरण कार्यक्रममा सम्बोधन गर्दै अध्यक्ष यादवले यस्तो बताएका हुन्। 

वाम गठबन्धन बन्ने लागेपछि काँग्रेस आफूहरुसँग चुनावी तालमेलमा सामेल हुन आग्रह गरेको बताउँदै अध्यक्ष यादवले भने, ‘हामीलाई काँग्रेसले चुनावी गठबन्धनमा सामेल हुनको लागि आग्रह गरेको छ, हामीले त्यसलाई सहर्स स्विकार गरेका छौ, तथापि काँग्रेसले सबैलाई मिलाएर लैजाने हो भने हामी तालमेल गर्न तयार छौँ, त्यो जिम्मा काँग्रेसकै भागमा छ, खासमा भन्ने हो भने अब बल कांग्रेसको कोर्टमा छ।’

उनले काँग्रेसको उदारता र मिलाएर लैजाने क्षमतामा  गठबन्धन बन्ने नबन्नेमा भर पर्ने जनाए। ‘सरकारमा जाने नजाने कुनैपनि निर्णय भएको छैन,’ उनले भने, ‘हामीले राजपासँग चुनावी तालमेल गर्ने निर्णय गरेका छौँ, काँग्रेसले राखेको प्रस्तावमाथि गृहकार्य भैरहेको छ।’

अध्यक्ष यादवले वाम गठबन्धन र लोकतान्त्रिक गठबन्धनको बीचको वैकल्पिक राजीनितक शक्तिको रुपमा विकास गरेर समाजवादी फोरमलाई उत्पीडित, मधेशी, जनजाति, थारुको उत्थान र समान न्याय, समान अधिकार, राष्ट्रिय पहिचान, समृद्धि र स्वाभिमानको महशुस गराउनतर्फ लाग्ने दाबी गरे। 

‘सङ्घीय समाजवादी फोरम एउटा वैकल्पिक शक्ति हो, राइट एण्ड लेफ्ट बनेर उभिएका वर्तमान राजीनितक शक्ति भन्दा फरक कोणबाट उत्पीडितहरुको हितका निम्ति काम गर्नेछ,’ उनले भने। संविधानमा प्राप्त हकअधिकारलाई ग्रहण गर्न, प्राप्त अधिकारहरु खोसिन नदिनको लागि निर्वाचनमा आफ्नो पार्टीले निर्वाचनमा भाग लिएको बताए। 

‘हाम्रो पार्टी समाजका उत्पीडनका बिरुद्धमा छ, वर्तमान संविधानले समाजका तमाम उत्पीडितहरुका अधिकारलाई कुण्ठित गरेको छ,’ उनले भने, ‘हामी कुनैपनि हालतमा संविधान संशोधन गरेर स्वामित्व प्रदान गर्नको लागि विभिन्न पार्टीहरु एकतामा गोलबन्ध गर्न लागि रहेका छौँ।’ 

नेपाल कम्यूनिष्ट पार्टी संयूक्त माक्र्सवादीका महासचिव प्रकाश अधिकारीले वाम गठबन्धनलाई हाम गठबन्धनको संज्ञा दिएका छन्। 
आफ्नो पार्टी लोकतान्त्रिक क्रान्तिको गर्भबाट जन्मेको भन्दै महासचिव अधिकारीले बाँकी आन्दोलन र अधिकारको लडाई फोरमका अध्यक्षसँग मिलेर सफल पार्ने बताए। 
 

Leave a reply

HTML Tags are not supported

Post My Comment »