नेपाली मारिएको चर्चित हेमराज–आरुषी हत्याकाण्डका आरोपीलाई अदालतले सफाइ दियो

२६ आश्विन २०७४

banner

काठमाडौं। एक नेपाली युवक हेमराज मारिएको भारतको दिल्ली नोएडाको चर्चित आरुषी हत्याकाण्डका आरोपीलाई इलाहाबाद हाइकोर्टले सफाइ दिएको छ । इलाहाबाद हाइकोर्टले ९ वर्ष पुरानो यो मुद्दामा आरोपी आरुषीका मातापिता डा. राजेश तलवार र नुपुर तलवारलाई सफाइ दिएको हो । 
९ वर्ष पहिले तलवार दम्पत्तीकी १४ वर्षकी छोरी आरुषीसँगै नेपाली घरेलु कामदार हेमराजको हत्या भएको थियो । पहिले तलवार दम्पत्तिले हेमराजमाथि नै हत्याको आरोप लगाएका थिए । अनुसन्धानको क्रममा सिबिआइले आरुषीका मातापिता नै दोषी भएको भन्दै प्राप्त प्रमाण पेश गरेको थियो । यही आधारमा २०१३ मा सिबिआइ अदालतले तलवार दम्पत्तिलाई जन्मकैदको सजाय सुनाएको थियो । फैसलापछि पुनरावेदनका लागि यी दुई इलाहाबाद हाइकोर्ट गएका थिए । अहिले यही पुनरावेदनमा सुनुवाइ गर्दै यी दुईलाई सफाइ दिइएको हो । अदालतले उनीहरुलाई दोषी ठहर गर्न प्रमाण नपुगेको जनाएको छ । १६ मे २००८ मा दिल्लीनजिकै नोएडामा १४ वर्षकी आरुषी र ४५ वर्षका नेपाली कामदान हेमराजको घाँटी रेटेर हत्या भएको थियो । हेमराज गुल्मीका हुन् ।  दैनिक भाष्करको सहयोगमा
 

Leave a reply

HTML Tags are not supported

Post My Comment »