भिषा समस्या समाधान गर्न टर्की र अमेरिकाले छलफल गर्ने

२६ आश्विन २०७४

banner

अङ्कारा। अमेरिका र टर्की बीचको भिषा सम्बन्धि विवाद अन्त्य गर्न दुई देशकाबीचमा छलफल हुनेभएको छ। टर्कीका उपप्रधानमन्त्री बेकिर बोजडगले दुवै देशका अधिकारीबीच चाडै नै बार्ता हुन लागेको बिहीबार जानकारी दिए।

“दुई देशका प्रतिनिधिहरुकाबीचमा हुने छलफलबाट यो समस्या समाधान गर्न र आगामी दिनमा सहकार्य गरेर अगाडी बढ्न सक्नेगरी निर्णय हुन्छ भन्ने अपेक्षा गरिएको छ,” एक टेलिभिजनलाई दिएको अन्तर्बार्तामा उनले भने।

गत आइतबार अङ्करामा रहेको अमेरिकी दूताबासले टर्कीलाई कुनैपनि कुटनीतिक सेवा नदिने घोषणा गरेको थियो। अमेरिकाको घोषणापछि प्रतिक्रिया स्वरुप टर्कीको दूताबासले पनि आफ्नो देशमा आवतजावत बन्द गरिदिएको छ। अमेरिकाले आवतजावतमा अवरोध गर्नुको पछाडी सुरक्षा कारण देखाएका छन्। 

गत सोमबार टर्कीका राष्ट्रपति रेसेप तैयप इर्डोगानले अमेरिकी निर्णयको भत्सर्ना गरेका थिए। उनले अमेरिकाले अनावश्यक दुःख दिने काम गरेकाले टर्कीले पनि स्वभाविक प्रतिक्रिया स्वरुप प्रतिवाद गरेको स्पष्ट पारे।सिन्ह्वा

Leave a reply

HTML Tags are not supported

Post My Comment »