अमेरिकालाई उछिन्दै चीन बन्यो सबैभन्दा धेरै आइसक्रिम उत्पादन गर्ने देश

२६ आश्विन २०७४

banner

तियानजीन। अमेरिकालाई समेत जितेर चीन विश्वकै सवै भन्दा धेरै आइसक्रिम उत्पादन गर्ने देश बनेको छ। उत्तरी चीनको तियानजीन शहरमा चलेको एउटा औद्योगिक प्रदर्शनीमा हालै मात्र यस्तो तथ्यांक सार्वजनिक गरिएको हो। 

गत सन् २०१६ मा चीनको मुख्य आइसक्रिम उत्पादन गर्ने कारखानाबाट ३३ लाख टन आइसक्रिम उत्पादन गरेको यस सम्बन्धी संस्था ‘चाइना एसोसिएसन अफ बेकरी एण्ड कन्फेक्सनरी इन्डस्ट्री’का प्रवक्ताले जानकारी दिएका छन्। 

उनले गत बर्ष चीनले अमेरिकाले भन्दा धेरै आइसक्रिम उत्पादन गरेको दावी गरे। बीस बर्ष अगाडी चीनमा हरेक व्यक्तिलाई एक लिटर आइसक्रिम पुग्थ्यो भने सन् २०१६ मा त्यो मात्रा बढेर तीन लिटरमा पुगेको छ। 

“अन्य विकसित देशको तुलनामा चीनमा आइसक्रिम उत्पादन गर्ने उद्योगहरू नयाँ नै छन्, त्यसैगरी घरघरमा पनि ठूलो मात्रामा उत्पादन हुन्छ,” उद्योगीहरूको एसोसिएसनका निर्देशक झु निअन्लीनले भने।

यस बर्ष मात्रै चीनले चार सय ओटा आइसक्रिम प्रदर्शनी संचालन गरेको छ। सिन्ह्वा

Leave a reply

HTML Tags are not supported

Post My Comment »