नेपालले आर्ठाैँ विकेट गुमायो, करण केसी आउट (लाइभ भिडियो)

२७ आश्विन २०७४

banner

काठमाडौँ । आइसिसी विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत नेपालले हङकङ विरुद्ध जवाफी ब्याटिङ गरिरहेको छ। नेपालले आर्ठाैँ विकेट गुमाएको छ। नेपालका करण केसी २ बलमा कुनै पनि रन नबनाएर आउट भए।

नेपालले सातौँ विकेट गुमाएको छ। ५ बलमा कुनै पनि रन नबनाएर बसन्त रेग्मी आउट भए। 

नेपाले छैठौँ विकेट गुमाएको छ। ४० बलमा ३ चौँकाको सहयोगमा २३ रन बनाउदै नेपालका आरिफ शेख आउट भए। 

 

नेपालले पाँचौँ विकेट गुमाएको छ। ३० बलमा ११ रन बनाउँदै कामी आउट भए। 

नेपालले चौँथो विकेट गुमाएको छ। नेपालका कप्तान पारस खड्का ४६ बलमा ३ चौकाको मद्दतमा २६ रन बनाउदै आउट भए। 

नेपाललाई तेस्रो झट्का लागेको छ। नेपालका दिपेन्द्र सिंह ऐरी १३ बलमा ३ रन बनाउँदै आउट भए। 

 

नेपालले दोस्रो विकेट गुमाएको छ।  २९ वलमा ४ चौकाको मद्दतमा २१ रन बनाउदै ज्ञानेन्द्र मल्ल आउट भएका हुन्।  

 

  सागर पुन ३ रनमै आउट भए। 

 

टस जितेर पहिला ब्याटिङ गरेको हङकङले ५० ओभरको खेलमा १९४ रन बनाउँदै सबै विकेट गुमाएको थियो। 

हङकङका लागि जेके एटकिन्सनले ७६ रनको योगदान दिए। त्यस्तै तनविर अफजल ३८, बाबर हायात २९ रन, एहसान नवाज १६, निजाकत खान १२, वकास खान १४ रनको योगदान गरे। 

त्यस्तै नेपालका लागि लागि सन्दिप लामिछानेले १० ओभरमा ४८ रन खर्चँदै ३ विकेट लिए। त्यस्तै करण केसी तथा बसन्त रेग्मीले २र२ विकेट तथा सुशन भारीले १ विकेट लिए।

हङकङ विरुद्धको खेलमा नेपालले सुरुवातदेखिनै राम्रो प्रदर्शन गर्दै आएको थियो। नेपालका लागि करण केसीले हङकङका ओपनिङ ब्याट्सम्यान अंशुमान राथलाई शून्य रनमा आउट गरेका थिए। 

शुक्रबार र आइतबार हुने दुई खेलले नेपालको आगामी यात्रा तय हुनेछ। 

Leave a reply

HTML Tags are not supported

Post My Comment »