सप्तरीका एक बालक १७ दिनदेखि बेपत्ता

२७ आश्विन २०७४

banner

राजविराज । १७ दिन अगाडि सप्तरीको विष्णुपुर गाउँपालिकाबाट बेपत्ता भएका एक बालक अझै फेला परेका छैनन्।

जिल्लाको विष्णुपुर गाउँपालिका-५ बस्ने रामेश्वर यादवका ११ वर्षीय कान्छो छोरा महेशकुमार यादव यही असोज १० गते बिहान राजविराजस्थित अदालत रोडबाट बेपत्ता भएको र उनी हालसम्म फेला नपरेको स्थानीय कृष्ण मण्डलले बताए।

महेश राजविराजस्थित वर्ल्डभिजन स्कुलमा कक्षा ५ मा अध्ययन गर्दै आएका थिए। महेश हराएको विषयमा जिल्ला प्रहरी कार्यालयमा उजुरीसमेत दिइएको बताइएको छ।

यता बेपत्ता भएका महेशको खोजी गरी दिन नागरिक समाज, मानवअधिकारकर्मी तथा स्थानीय सञ्चारकर्मीलाई पीडितका परिवारले आग्रह गरेका छन्। रासस

Leave a reply

HTML Tags are not supported

Post My Comment »