आइसिसी विश्व क्रिकेट लिग च्याम्पियनसिप : नेपाल हङकङसँग पराजित 

२७ आश्विन २०७४

banner

काठमाडौँ । आइसिसी विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत नेपाल हङकङसँग ८३ रनले पराजित भएको छ। हङकङले दिएको १९५ रनको लक्ष्य पछ्याएको नेपाल ३४ दशमलव ५ ओभरको खेलमा १११ रन बनाउँदै अलआउट भयो। 

नेपालका लागि कप्तान पारस खड्काले ४६ बलमा ३ चौकाको मद्दतमा २६ रन बनाए भने ज्ञानेन्द्र मल्लले २९ वलमा ४ चौकाको मद्दतमा २१ रनको योगदान गरे। त्यस्तै आरिफ शेखले ४० बलमा ३ चौँकाको सहयोगमा २३ रन, विनोद भण्डारीले १७ बलमा एक छक्का र २ चौँकाको मद्दतमा १८ रन, सोमपाल कामीले ३० बलमा ११ रन, दिपेन्द्र सिंह ऐरीले १३ बलमा ३ रन, सागर पुनले १६ बलमा ३ रन, सुसान्त भारीले ८ बलमा १ रनको योगदान गरे। त्यस्तै बसन्त रेग्मी र करण केसीले कुनै पनि रन जोड्न सकेनन्। 

त्यस्तै हङकङका एहसान खानले सर्वाधिक ५ विकेट लिए । ५ ओभर ५ वल बलिङ गरेका उनले १७ रन दिएका थिए । त्यस्तै ऐजाज खानले ३, तनवीर अफजल र के क्रिस्टीले १/१ विकेट लिए।

बलिङ तर्फ नेपालका लागि लागि सन्दिप लामिछानेले १० ओभरमा ४८ रन खर्चँदै ३ विकेट लिए। त्यस्तै करण केसी तथा बसन्त रेग्मीले २र२ विकेट तथा सुशन भारीले १ विकेट लिए। यो खेलमा पराजित भएसँगै नेपाललाई सन् २०१९ मा हुने विश्वकप छनोटको यात्रामा नराम्रो धक्का लागेको छ। 

विश्व च्याम्पियनसिपमा आइतबार नेपालले हङकङसँग दोस्रो खेल खेल्नेछ भने आगामी डिसेम्बरमा अन्तिम चरण अन्तर्गत युएईसँग खेल्नेछ। 

 

Leave a reply

HTML Tags are not supported

Post My Comment »