संयुक्त विद्यार्थीद्वारा शिक्षा मन्त्रीको राजीनामा माग

२७ आश्विन २०७४

banner

काठमाडौं। संयुक्त विद्यार्थी संघर्ष समितिले शिक्षा मन्त्री गोपालमान श्रेष्ठको राजीनामा माग गर्दै शिक्षा मन्त्रालयमै चर्का नाराबाजी गरेका छन्। 

शुक्रबार सिंहदरबारस्थित शिक्षा मन्त्रालयको कार्यकक्ष अगाढि भेला भएका संयुक्त विद्यार्थी संघर्ष समितिका नेताहरुको शिक्षा मन्त्री श्रेष्ठको राजीनामा माग गर्दै चर्को नाराबाजी गरेका हुन्।

शिक्षा ऐन नवौं संशोधन विधेयक खारेज गर्न माग गर्दै आएका विद्यार्थी संगठनहरुले सो विधेयक खारेज गर्न तयार नभएको भन्दै शिक्षा मन्त्री श्रेष्ठको राजीनामा माग गर्ने निर्णय गरेका हुन्।

एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियू, माओवादी केन्द्र निकट विद्यार्थी संगठन अनेरास्ववियू क्रान्तिकारी लगायतका नौं विद्यार्थी संगठनको बिहीबार बसेको संयुक्त बैठकले विधेयक खारेज नगरेसम्म शिक्षा मन्त्री श्रेष्ठलाई बहिष्कार गर्नेसम्मको आन्दोलनको कार्यक्रम तय गरेका थिए। 

मुलुकको शैक्षिक क्षेत्रलाई ध्वस्त बनाउने गरी संसदबाट पारित गरिएको शिक्षा ऐन नवौं संशोधन विधेयक खारेज गर्न दिइएको दवावलाई बेवास्ता गरेपछि शिक्षा मन्त्री विरुद्ध आन्दोलन गर्नुपर्ने अवस्था आएको अनेरास्ववियू छैठौंका अध्यक्ष विमल पोखरेलले जानकारी दिए।  विद्यार्थी संगठनहरुले सो विधेयक खारेज नभएसम्म शिक्षा मन्त्रीविरुद्ध आन्दोलन जारी राख्ने चेतावनी समेत दिएका छन्।

आन्दोलनरत विद्यार्थी संगठनहरुले प्रधानमन्त्री एवम् काँग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललगायतका नेतृत्वसँग भेटगरी विधेयक खारेज गर्न यस अघि नै माग गरिसकेका छन्। विधेयकमा दक्ष जनशक्ति व्यवस्थापनको कामलाई वेवास्ता गरिएको विद्यार्थी संगठनहरुको गम्भिर आरोप छ। 

Leave a reply

HTML Tags are not supported

Post My Comment »