शान्तिपूर्ण रुपमा निर्वाचन गराउन प्रहरी सक्षम हुने प्रधानमन्त्रीको विश्वास

२७ आश्विन २०७४

banner

काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाले प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनलाई शान्तिपूर्ण रुपमा सम्पन्न गराउन नेपाल प्रहरीलाई सचेत गराएका छन्।

प्रधानमन्त्री देउवाले मुलुकको शान्ति, सुरक्षालाई सदृढ बनाउन नेपाल प्रहरीले खेल्दै आएको भूमिको पनि प्रशंशा गरे। ६२ औं प्रहरी दिवसको अवसरमा शुक्रबार प्रहरी प्रधान कार्यालय नक्सालमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै उनले नेपाल प्रहरीको नेतृत्वदायी भूमिकाकै कारण स्थानीय तहको निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएको उल्लेख गरे।  

प्रधानमन्त्री देउवाले नेपाल प्रहरीले इतिहासको विभिन्न कालखण्डमा आईपरेको चुनौतिहरुको सामना गरेर देश र जनताको सेवा गर्दै आएको पनि उल्लेख गरे। त्यस अवसरमा उनले नेपाल प्रहरीको व्यवसायिक सफलता र समुन्नत भविष्यको कामना समेत गरे। 

गृहमन्त्री जनार्दन शर्माले नेपाल प्रहरीलाई देश र जनताको सेवामा समर्पित हुन निर्देशन दिए। उनले नेपाल प्रहरीलाई राजनीतिक हस्तक्षेप मुक्त संगठनका रुपमा विकास गर्न आफू प्रतिवद्ध रहेको पनि दोहो¥याए। 

प्रहरी महानिरीक्षक प्रकाश अर्यालले आम नागरिकसँग अझै सम्बन्ध विस्तार गरी मुलुकको शान्ति सुरक्षा सुदृढ बनाउन लागि पर्ने प्रतिवद्धता व्यक्त गरे। उनले मुलुकको शान्ति सुरक्षालाई सुदृढ बनाउन ‘प्रहरी हाम्रो टोलमा’ अभियान संचालन गरिएको पनि स्मरण गराए। 
कार्यक्रममा वीर तथा अमर प्रहरी परिवारलाई सम्मान पनि गरिएको थियो।  

Leave a reply

HTML Tags are not supported

Post My Comment »