पानीमा फाल्नुस् कि हिलोमा केही हुँदैन यो संसारकै बलियो स्मार्टफोन

२८ आश्विन २०७४

banner

एजेन्सी। संसारको सबैभन्दा बलियो भनिएको स्मार्टफोनको बिक्री सुरु भएको छ । यो फोनलाई १९ अक्टोबरसम्म किन्न सकिनेछ । त्यसपछि यसको बिक्री बन्द हुनेछ । यो फोनमा अहिले १० डलरको छुट पनि दिइएको छ । 

अहिले यो Nomu S10 Pro फोनको मूल्य १५० अमेरिकी डलर तोकिएको छ । यो फोनलाई यसकारण पनि खास मानिएको छ किनकि यसलाई आइपी६९ सर्टिफिकेट दिइएको छ । यो फोन पूर्ण रुपमा वाटरप्रुफ हो । यसलाई पानीको २ मिटर गहिराइमा १ घण्टासम्म राख्न सकिनेछ । यसका लाइभ डेमोका कैयौं भिडियोहरु युट्युबमा उपलब्ध हुनेछ । यी भिडियो हेरेर पनि यो फोनको मजबुतीको अनुमान लगाउन सकिन्छ । यो फोन हातबाट खस्यो वा स्क्र्याच हुने ठाउँमा राखियो भने पनि सुरक्षित रहनेछ ।

यस्ता छन् यो फोनका फिचरहरु 

- IP69 Waterproof (Able to be underwater of 2m for 1 hour)
OS: Pure Android 7.0 Nougat out of box
Battery: 5000mAh Li-polymer battery (same as Nomu S10)
Memory: 3GB RAM+32GB ROM
CPU: MT6737T quad-core 64bit 1.5GHz
Camera: 8MP Sony rear camera+ 5MP front camera
Display: 5-inch HD Corning Gorilla Glass 3
Fast Charge: Quick charge/ OTG / NXP SmartPA big power speaker

Leave a reply

HTML Tags are not supported

Post My Comment »