यस्तो छ एनआरएनए अधिवेशनमा चुनावी माहोल (फोटोफिचर र भिडियो)

३० आश्विन २०७४

banner

काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएनए) को नयाँ नेतृत्वको लागि उम्मेदवारी आज दिउँसो मतदान हुँदैछ । शनिबारदेखि सुरु भएको एनआरएनएको आठौँ विश्व सम्मेलनमा अाइतबार साँझबाट सोमबार बिहान नौ बजेसम्मका लागि उम्मेदवारी दर्ताका लागि समय तोकिएको थियो। 

एनआरएनको अध्यक्षका लागि वर्तमान उपाध्यक्ष भवन भट्ट, जमुना गुरुङ र टिबी कार्की दावेदार छन् । एनआरएनमा अध्यक्ष, दुई उपाध्यक्ष, एक महासचिव, एक सचिव, एक कोषाध्यक्ष र सदस्यहरु रहने व्यवस्था छ। यसैगरी युरोप, अमेरिका, अफ्रिका, एशिया, ओसियाना र मध्यपूर्वका एक÷एक जना गरी छ क्षेत्रीय संयोजक र छ उपसंयोजक तथा महिला संयोजक र उपसंयोजक एक÷एक जना तथा युवा संयोजक र उपसंयोजक एक÷एक जना रहने व्यवस्था गरिएको छ। ती सबै पदमा उम्मेदवारी दिई निर्वाचित हुनुपर्ने व्यवस्था गरिएको छ । विद्युतीय मतदानको व्यवस्था गरिएका कारण सोमबार साँझ नै मत परिणाम आइपुग्ने आयोजकले बताएका छन् । 
हेरौं महाधिवेशनका क्रममा देखिएका रमाइला दृश्यहरू

भिडियो हेर्नुहोस्-

 

Leave a reply

HTML Tags are not supported

Post My Comment »