एनआरएनएको अधिवेशन: मतदान सुरु, विद्युतीय मतदानका कारण आजै परिणाम

३० आश्विन २०७४

banner

काठमाडौं । गैर आवासीय नेपाली संघ एनआरएनएको आठौं अधिवेशनमा मतदान सुरु भएको छ । सोमबार दिउँसो ३ बजेदेखि मतदान सुरु भएको हो । विद्युतीय मतदानको व्यवस्था गरिएका कारण सोमबार साँझ नै मत परिणाम आइपुग्ने आयोजकले बताएका छन् । 

एनआरएनमा अध्यक्ष, दुई उपाध्यक्ष, एक महासचिव, एक सचिव, एक कोषाध्यक्ष र सदस्यहरु रहने व्यवस्था छ। यसैगरी युरोप, अमेरिका, अफ्रिका, एशिया, ओसियाना र मध्यपूर्वका एक/एक जना गरी छ क्षेत्रीय संयोजक र छ उपसंयोजक तथा महिला संयोजक र उपसंयोजक एक/एक जना तथा युवा संयोजक र उपसंयोजक एक/एक जना रहने व्यवस्था गरिएको छ। ती सबै पदमा उम्मेदवारी दिई निर्वाचित हुनुपर्ने व्यवस्था गरिएको छ ।

Leave a reply

HTML Tags are not supported

Post My Comment »