हायात होटलमा एनआरएनको चुनावी रौनक (फोटो फिचर)

३० आश्विन २०७४

banner

काठमाडौँ। एनआरएनको आठौँ विश्व सम्मेलन हायात होटलमा जारी छ। शनिबारदेखि शुरु भएको सम्मेलनमा एक हजार ८५४ जना मतदाता रहेका छन्। यिनै मतदाताले भोट हालेर आज एनआरएनएको नयाँ नेतृत्व चुन्नेछन्।

एनआरएन अध्यक्षका लागि भबन भट्ट र जमुना गुरुङले उम्मेदवारी दिएका छन्। अध्यक्ष पदकै अर्का दाबेदार टिबी कार्की भने पछि हटेका छन्। सोही क्रममा अध्यक्षका दुई दाबेदार भबन भट्ट र जमुना गुरुङ आज दिउँसो भरी चुनाव प्रचारप्रसारमा व्यस्त भए।

दुवै पक्षका समर्थकहरु नारा लगाउँदै हिडेका देखिन्थे। कतिपय स्थानमा भने भबन भट्ट समर्थकहरुद्वारा घेरिन्थे नै। उता जमुना गुरुङ पनि दिउँसो भरी चुनावी प्रचारमा व्यस्थ देखिन्थिन्। तर दिउँसो ३ बजेबाट मतदान सुरु हुने भनिएपनि साँझ ५ बजेबाट मात्र सुरु भएको थियो।

Leave a reply

HTML Tags are not supported

Post My Comment »