एनआरएनको अध्यक्षमा निर्वाचित भएपछि के भने भट्टले ?

३१ आश्विन २०७४

banner

काठमाडौँ । एनआरएनको नयाँ अध्यक्षमा भवन भट्ट निर्वाचित भएका छन्। अध्यक्षमा निर्वाचित भएपछि भट्टले एनआरएन स्थापना कालदेखि सुरु भइ पुरा हुन नसकेका ऐजेन्डाहरुमा काम गर्ने बताए। 

उनले एनआरएनएको भवन निर्माण, लाप्राक पुनर्निर्माणलगायतका ऐजेन्डाहरु समेत अघि बढाउने प्रतिबद्धता गरे। 

त्यस्तै चुुनावी परिणामलाई मनमा नलिइ एनआरएनए अभियानमा सहभागी हुन समेत उनले सबैमा आव्हान गरेका छन्। एनआरएनए एउटा महत्वपूर्ण अभियान भएको भन्दै उनले सबै एनआरएनएहरुलाई यो अभियानमा सहभागी हुन आग्रह गरे। 

काठमाडौँको हायात होटलमा सम्पन्न एनआरएनको विश्व सम्मेलनबाट प्रतिद्वन्द्वी जमुना गुरुङलाई हराउँदै भट्ट अध्यक्षमा निर्वाचित भएका हुन्।

मंगलबार बिहान सार्वजनिक मतपरिणाम अनुसार भट्ट ११९७ मतले  विजयी भएका हुन् भने उनका निकटतम प्रतिद्वन्द्वी जमुना गुरुङ घले गुरुङको पक्षमा ५ सय ८४ मत खसेको थियो। 

Leave a reply

HTML Tags are not supported

Post My Comment »