एनआरएनको कुन पदमा को विजयी, यस्तो छ पूर्ण मतपरिणाम

१ कार्तिक २०७४

banner

काठमाडौँ । एनआरएनको नयाँ अध्यक्षमा भवन भट्ट निर्वाचित भएका छन्। काठमाडौँको हायात होटलमा सम्पन्न एनआरएनको विश्व सम्मेलनबाट प्रतिद्वन्द्वी जमुना गुरुङलाई हराउँदै भट्ट अध्यक्षमा निर्वाचित भएका हुन्।

मंगलबार बिहान सार्वजनिक मतपरिणाम अनुसार भट्ट ११९७ मतले  विजयी भएका हुन् भने उनका निकटतम प्रतिद्वन्द्वी जमुना गुरुङ घले गुरुङको पक्षमा ५ सय ८४ मत खसेको थियो। 

त्यस्तै खुल्ला तर्फ उपाध्यक्षमा जर्मनीका कुमार पन्त ७४४ मतले र यूकेका कुल आचार्य १०३० मतसहित विजयी भएका छन् भने महिला उपाध्यक्षमा रसिया निवासी शपिला राजभण्डारी १०५४ मतसहित विजयी भएकी छन्।  

त्यस्तै महासचिवमा पुन डा बद्री केसी ७६८ मतसहित निर्वाचित भएका छन् भने सचिवमा ओमनका डीबी क्षेत्री र बेल्जियमकी जानकी गुरुङ विजयी भएका छन्। कोषाध्यक्षमा पुनः हिक्मत थापा तथा सहकोषाध्यक्षमा सोमनाथ सापकोटा विजयी भएका छन्।

युवा संयोजकमा जापानका सुदन थापा विजयी भएका छन् भने महिला संयोजकमा बेल्जियमकी रजनी प्रधान विजयी भएकी छिन्। युरोप क्षेत्रीय उपसंयोजकमा गोविन्द गौतम र एकराज गिरी निर्वाचित भएका छन्।

युरोप क्षेत्रीय संयोजकमा शिव बरुवाल, युरोप क्षेत्रीय महिला संयोजकमा संगीता मरहठ्ठा, ओशिनिया क्षेत्रीय संयोजकमा धर्मराज अधिकारी, ओशिनिया क्षेत्रीय महिला उपसंयोजकमा प्रिती शर्मा विजयी भएका छन् । 

त्यस्तै मध्यपूर्व क्षेत्रीय संयोजकमा आरके शर्मा, मध्यपूर्व उपक्षेत्रीय उपसंयोजकमा गोपाल कँडेल र प्रवीण गुरुङ, क्षेत्रीय उपसंयोजकमा  राजकुमार बस्नेत, अमेरिका क्षेत्रीय संयोजकमा गौरीराज जोशी, अमेरिका क्षेत्रीय उपसंयोजकमा नवीन शेरचन, क्षेत्रीय महिला उपसंयोजकमा संगीता लम्साल शिवाकोटी विजयी भएका छन्। लम्साल भने निर्विरोध निर्वाचित भएकी हुन्। 

त्यस्तै एशिया प्रशान्त क्षेत्रीय संयोजकमा किरणविक्रम थापा, एशिया प्रशान्त क्षेत्रीय उपसंयोजकमा पारसमणि पोखरेल र विनोद कुँबर, एशिया प्रशान्त क्षेत्रीय महिला उपसंयोजकमा दक्षिण कोरियाकी जुनु गुरुङ, अफ्रिकाको क्षेत्रीय संयोजकमा सुनिल कार्की, उपसंयोजकमा डा भुवन ढकाल र शिव पौडेल निर्वाचित भएका छन्।

 

Leave a reply

HTML Tags are not supported

Post My Comment »