एनआरएनएका सह-कोषाध्यक्ष सापकोटा सद्भावना दूत

६ कार्तिक २०७४

banner

रत्ननगर । चितवन युवा समूह अन्तर्राष्ट्रिय समन्वय समितिले गैरआवासीय नेपाली संघ (एनआरएनए)का नवनिर्वाचित सहकोषाध्यक्ष सोमनाथ सापकोटालाई सद्भावना दूत चयन गरेको छ। 

समितिको हालै सम्पन्न विश्व सम्मेलनले डेनमार्कका लागि नेपाल पर्यटन बोर्डका मानार्थ प्रतिनिधिसमेत रहेका सापकोटालाई सद्भावना दूत चयन गरेको अध्यक्ष मुक्तिप्रसाद अधिकारीले जानकारी दिए। 

नेपालमा पर्यटन प्रवद्र्धनसँगै विदेशमा रहेका युवालाई स्वदेशको लगानीका लागि प्रेरित गर्न तथा रोजगारीको अवसर सिर्जना गर्न सापकोटाको भूमिका महत्वपूर्ण हुने समितिले विश्वास लिएको छ। सापकोटाले आफूलाई दिएको जिम्मेवारी पूरा गर्ने प्रतिबद्धता जनाएका छन्। 

विदेशमा बस्ने चितवनवासीलाई एकीकृत गरी आर्जन गरेको श्रम, सीप र पुँजीलाई नेपालको विकासमा प्रयोग गर्न चितवन युवा समूह अन्तर्राष्ट्रिय समन्वय समिति निर्माण भएको हो। 

हाल कतार, इजरायल, युएइ, दक्षिण कोरिया, जापान, कुवेत, साइप्रस, बहराइन, डेनमार्क र आयरल्याण्डमा रहेका करिब दुई हजार चितवनवासी संस्थामा आबद्ध छन्। पाँच वटा देश सहभागी गराउने तयारी रहेको अध्यक्ष अधिकारीले जानकारी दिए।

हालै सम्पन्न विश्व सम्मेलनले गरिब तथा असहाय र विपन्न विद्यार्थीलाई सहयोग गर्ने एवं परोपकारी काममा सहयोग गर्ने लक्ष्य राखिएको समितिले जनाएको छ। रासस

Leave a reply

HTML Tags are not supported

Post My Comment »