ध्रुव प्रसाद अँगार्इको 'चिनारी' सार्वजनिक

७ कार्तिक २०७४

banner

केशव रेग्मी, टेक्सास। गीतकार ध्रुव प्रसाद अँगाईको गीति एल्बम चिनारी सार्वजनिक भएको छ। अाफ्नै शब्द रहेका गीतहरुको संकलन उनले तिहारको  अबसर पारेर बजारमा ल्याएका हुन्।

सार्वजनिक एल्बममा अँगाईका नयाँ तथा पुराना गीतहरु समावेश छन्। एल्बममा ९ गीत समावेश छन्। गीतहरुमा मनोजराज सिवाकोटी, अञ्जु पन्त, रामचन्द्र काफ्ले, जुनर रिजाल, रामकृष्ण ढकाल, प्रमोद खरेल, चेतन सापकोटा, नरेन्द्र प्यासी लगायतको स्वर दिएका छन्। अमगाईंको गीतहरुमा संगीत भने अर्जुन पोखरेल, राजेश थापा, तुला पर्बत, राजकुमार बगर लगायतको छ।

११ वर्षदेखि मकाउमा कार्यरत ध्रुव प्रसाद अँगाईको गीति एल्बम चिनारीलाई विन्ध्याबासीनी म्युजिकले सार्वजनिक गरेको हो।

Leave a reply

HTML Tags are not supported

Post My Comment »