पूर्व राजाको अभिव्यक्ति र अबको राजनीतिक कार्यदिशा

७ कार्तिक २०७४

banner

जगदीश दाहाल

मुलुक दुई ध्रवमा ध्रवीकरण हुँदै गर्दा पूर्व राजा ज्ञानेन्द्र शाहले तिहारको भाइटिकाका दिन ‘कडा’ अभिव्यक्ति दिए। पूर्वराजाले दिएको अभिव्यक्तिलाई लिएर यतिबेला बौद्धिक सर्कलमा निकै ठूलो चर्चा भएको छ। 

यसअघि पूर्व राजाको कुनै अभिव्यक्ति आउने वित्तिकै त्यसको प्रतिक्रिया दिने राजनीतिक दलले यसपटकको पूर्व राजाको अभिव्यक्तिलाई लिएर कुनै प्रतिक्रिया दिएका छैनन्। हुन दलहरु यतिबेला चुनावको चटारोमा छन्। उम्मेद्वार छान्न र उम्मेद्वारी दर्ता गराउन व्यस्त भएका कारण पनि हुन सक्छ, दलहरुले पूर्व राजाको अभिव्यक्तिप्रति चासो देखाएका छैनन्।

कांग्रेसले आगामी चुनावमा बनाउने मुद्दा  र मुलुकको समग्र अवस्था र पद्धति र संविधान कार्यान्वयनको विषयलाई मध्यनजर राखेर सांस्कृतिक राजा लिएर हिन्दु राज्य उम्मुख लोककल्याणकारी राज्य नै नेपाली कांग्रेसको लक्ष्य हो भन्ने कुरालाई मुद्दा बनाउनु सान्र्दभिक देखिन्छ।

 

दलहरुले चासो नदिएपनि पूर्व राजाको अभिव्यक्ति महत्वपूर्ण र अर्थपूर्ण रुपमा रहेको छ। किनभने, शान्तिपूर्ण रुपमा जनताको नासो जनतालाई सुम्पिएर आज हामी यहाँबाट बाहिरिँदै छौं भनेर नारायणहिटीबाट बाहिरिएका पूर्व राजाले राजगद्दी वा राजसत्ता त्याग्यौं भनेका थिएनन्। 

पूर्व राजाले आफ्नो केही ठाउँ राखेरै बाहिरिएका हुन्। र उनले बारम्बार एउटा नागरिको हैसियतमा पनि मेरो केही भन्ने अधिकार छ भन्ने कुरा दोहोर्याउँदै आएका छन्।

अर्को पक्ष के छ भने अहिलेको चुनावी सरगर्मीमा बाम गठबन्धनले जुन किसिमका मुद्दा बेकेको छ। पहिला कुरा त बाम गठबन्धनले बोकेको मुद्दा भनेको संविधानमा उल्लेख गरिएको समाजवादीउम्मुख  भन्ने शब्द्धलाई  उसले दुई तिहाइ ल्याएर त्यो अनुसारको संविधान परिमार्जन गर्दै त्यही अनुसारको कानुनी व्यवस्थामा जाने लक्ष्य लिएको छ।

राष्ट्रियता, राष्ट्रका कुरा, सीमा, सीमा स्तम्भ, छिमेकीसँगको नीति र समाजवाद, सामान्यवादमा  फड्को मारेर मुलुकको विकासको सपना जनतालाई देखाएर दुई तिहाइ मत देउ भन्न बाम गठबन्धनले साझा मुद्दा बनाएर गइरहेको अवस्था छ।

अर्कोतर्फ लोकतान्त्रिक गठबन्धनले त्यस हिसावले मुद्दा बनाउन सकेको छैन। यस्तो  बेला लोकतान्त्रिक गठबन्धनको मुद्दा के हुन सक्छ ?
पूर्व राजाले दिएको अभिव्यक्ति एउटा संकेत मात्रै हो ।

लोकतान्त्रिक धारले यसलाई मुद्दा बनाउन सक्नुपर्छ। लोकतान्त्रिक गठबन्धनले राष्ट्रपतिसहितको सांस्कृति राजा र हिन्दूराज्यउम्मुख हाम्रो लक्ष्य र लोकतान्त्रिक पद्धतिको जर्गेना र विकासद्वारा मुलुक र जनताको हितमा काम गर्ने एकमात्र शक्ति हामी हौं भनेर लोकतान्त्रिक गठबन्धनले यस किसिमको मुद्दा बनाएर अगाडि बढ्न उपयुक्त हुन्छ। यस किसिमले मुद्दा बनाएर जाँदा केही न केही नयाँ कुरा हुन्छ ।

नागरिकको हैसियतले पूर्व राजाले दिएको अभिव्यक्तिलाई लिएर आत्तिनु पर्दैन। उनले त्यो बोल्ने हक राख्छन्।

विपीको नाम लिने, विपीको सिद्धान्तमा चल्ने र समग्र यो मुलुकमा प्रजातन्त्र र राष्ट्रयता र समाजवाद विपीले जुन परिकल्पना गरेका थिए, त्यसैलाई अंगीकार गर्ने लक्ष्यतिर लोकतान्त्रिक धार उन्मुख हुन अहिलेको समय सान्दर्भिक र उपयुक्त मुद्दा हुन सक्छ। 

नागरिकको हैसियतले पूर्व राजाले दिएको अभिव्यक्तिलाई लिएर आत्तिनु पर्दैन। उनले त्यो बोल्ने हक राख्छन्। पूर्व राजाले बोलेका कुराले ‘सबैको  साझा  प्रयास र सहमतिले मुलुकको नेतृत्व लिइदिन  अनुरोध भए हामी तयार छौं’ भन्ने शब्दले र मखमली र सयपत्रीको वासनालाई छोडेर कृतिम र कागजको फूलको वासना खोज्नु अर्थात सत्यता र सक्कली कुरालाई छोडेर असत्य र नक्कली कुरातर्फलाग्नु जायज होइन भनेर पूर्व राजाले दिएको अभिव्यक्तिबाट अहिलेका दलले अवलम्बन गरेको नीति र विदेशीको निर्देशन र सहयोगले मुलुक र जनताको हित हुँदैन। सही बाटोमा दल र नेतृत्व छैन भन्ने उनको  संकेत हो भन्ने बुझिन्छ। 

दलहरुले बेलैमा यसरी आएका प्रतिक्रिया र महत्व बुझ्दै  आफूलाई सच्याएर हिँड्नु जरुरी छ। अहिलेको सबै राजनीतिक परिदृष्यलाई केलाउँदा पूर्व राजाको पछिल्लो अभिव्यक्तिको औचित्य पुष्टि हुन्छ। 

लोकतान्त्रिक धारले बेलैमा पूर्व राजाको इच्छा र समयको माग र कांग्रेसले आगामी चुनावमा बनाउने मुद्दा  र मुलुकको समग्र अवस्था र पद्धति र संविधान कार्यान्वयनको विषयलाई मध्यनजर राखेर सांस्कृतिक राजा लिएर हिन्दु राज्य उम्मुख लोककल्याणकारी राज्य नै नेपाली कांग्रेसको लक्ष्य हो भन्ने कुरालाई मुद्दा बनाउनु सान्र्दभिक देखिन्छ।
(यो लेखकको निजी धारणा हो)
 

Leave a reply

HTML Tags are not supported

Post My Comment »