स्मार्ट टेलिकमको फोरजी सेवा सुरु

११ कार्तिक २०७४

banner

स्मार्ट टेलिकमले पनि आईतबारदेखि काठमाडौं र पोखरामा चौंथो पुस्ताको दूर संचार सेवा (फोरजी) सेवा सुरु गर्ने भएको छ। 

स्मार्ट टेलिकमले शनिवार काठमाडौंमा पत्रकार सम्मेलन गरी आईतबारदेखि काठमाडौं र पोखरामा फोरजी सेवा संचालनमा ल्याउन लागिएको जानकारी गराएको हो।

कम्पनीका प्रमुख प्रशासकीय अधिकृत सजीनराज राजभण्डारीले पहिलो चरणमा काठमाडौं र पोखरामा फोरजी सेवा संचालन गर्न लागिएको जानकारी दिए। त्यसपछि सो सेवा देशका अन्य सहरहरुमा पनि क्रमशः विस्तार गर्दै लैजाने कम्पनीको योजना छ।

प्रमुख प्रशासकीय अधिकृत राजभण्डारीले फोरजी सेवा एक महिना परिक्षणको रुपमा संचालन हुने पनि स्पष्ट पारे। परिक्षणका क्रममा देखिएका कमीकमजोरीलाई सच्याएर यो सेवालाई एक महिनापछिबाट व्यवसायिक रुपमा संचालन गरिनेछ। कम्पनीले आफ्नो सेवालाई उपभोक्ता मैत्री बनाउँदै लैजाने प्रतिवद्धता पनि व्यक्त गरेको छ।

स्मार्ट टेलिकमले गत जेठमा मात्रै फोरजी सेवा संचालन गर्ने अनूमति पाएको थियो। फोरजी सेवा भनेको ताररहित इन्टरनेट सेवा हो। 

Leave a reply

HTML Tags are not supported

Post My Comment »