उत्तरतिरको उत्तर खोज्दा (कविता)

१२ कार्तिक २०७४

banner

  • ऐश्वर्य श्रेष्ठ

यी आंखाहरु 
कुन बाटो भएर यात्रा गर्छन रु काका
यी मुलबाटोहरु किन नतमस्त भैं सुतछन् रुबा
करेसाबारीको पाडे खोला किन सधैं चिच्याईरहन्छ रुमा
त्यो परको बिजुले भीर किन मलाई हेरीरहन्छ रुदाजैं
उत्तानो परेको आकाश किन गिज्याईरहन्छरु बैंनी
प्रश्नको खातले दिमाग चाटेपछि
नपिएर नैं म मातेपछि
सबैंले मलाई बौंलायो भनेर उनीहरु गर्जिए
मेरो दिमाग खित्का छोडेर हासीरहयो
मेरो अधरमा नजर जुधाएर
मेरी आमा रोईन् ।
बाबाले खुईया लामो सास फेरे
काका फिस्फीसाए
दाजु रनथनिए
बैनी लट्टिई
म जुरुक्क उठेर हिडे बाथरुम
अनि नाच्न थाले बेताल
बौंलाहाहरुको जुलुशमा

पत्तैं भएन कतिखेर
जोडेर गयो छात्तीले क्षितिज
चोबेर हेरयो आंशुले आंखा
बकबक गरीरहयो जिब्रो
बोलेन ओठ तर
फरफराईरहयो मुट

जब जब छोडयो मन धडकिन 
लाग्न थाल्यो कतिबेला जोत्यो
आंखाले एक हल बारी
टाकीको हागामा अल्झिएर
झुन्डीरहयो सपना
जराविहिन रहरमा जेलिएर
प्रश्नको खाल्डोमा जाकिएर
उत्तरतिर फर्किएको उत्तर
नभेटेपछि 
म मान्छे बनेर
मेरैं खाल्टो खन्न थाले 

र 
प्रश्नहरुको चिहान बनाएर
आधा आधा निधाए 
प्रत्येक बारीका हरफहरुमा
घास भएर ब्युझिए ।

Leave a reply

HTML Tags are not supported

Post My Comment »