यात्रुवाहक बस र टिप्पर ठोक्किए

१२ कार्तिक २०७४

banner

चितवन । चितवनमा आज यात्रुवाहक बस र टिप्पर ठोक्किएका छन्। नारायणगढबाट गोरखा जाँदै गरेको ना ५ ख ८६९४ नंको बस र विपरीत दिशाबाट आउँदै गरेको बा ३ ख ९०१२ नंको टिप्पर भरतपुर महानगरपालिका–१ रामनगर जंगलमा ठोकिँदा २६ यात्रु घाइते भएका हुन्। 

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक शिव शर्मा आचार्यका अनुसार घाइतेको चितवन मेडिकल कलेज, भरतपुर अस्पताल र कलेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पतालमा उपचार भइरहेको छ। 

उनीहरुमध्ये सात जना गम्भीर घाइते छन्। घाइतेमा बसका चालक र यात्रु छन्। टिप्पर चालक फरार रहेको र उनको खोजी भइरहेको शर्माले बताए। रासस

Leave a reply

HTML Tags are not supported

Post My Comment »